Powered by Blogger.
आमभञ्याङ ७ मा कृषक समुह गठन

हेटौडा,२० जेठ / जिविकोपार्जन क्षेत्र अन्तर्गत आमभञ्याङ ७ बागदलीमा २ वटा कृषक समुह गठन भएको छ । आज भएको भेलाले अम्विका अधिकारीको अध्यक्षतामा ९ सदस्य कमिटी गठन गरेको हो ।कमिटिको सचिवमा रोस्मी सुनुवार चयन हुनु भएको छ । त्यस्तै भेलाले माधव सापकोटाको अध्यक्षतामा ९ सदस्य कमिटि गठन गरेको छ । जसको सचिवमा कमला न्यौपाने चयन हुनु भएको छ भने कोषाध्यक्षमा सन्त वहादुर घलान सहित अन्य ९ जनाको समिती वनाइएको छ । आइ.वि.डि.एसकी सहजकर्ता शोभा लम्सालको सहभागीतामा गठन भएको समितीले आइ.वि.डि.एस सँग सहकार्य गर्दै दिगो विकास कार्यक्रम अन्तर्गत जिविको पार्जनको लागि कृषि सम्वन्धी कार्यक्रम,तालिम लागाएतका कार्य गर्ने जनाइएको छ ।

0 comments

Write Down Your Responses