Powered by Blogger.
कपडा तथा सिलाई व्यवसायी संघ मकवानपुरको पाँचौ अधिवेशन सम्पन्न

हेटौडा,२० जेठ / कपडा तथा सिलाई व्यवसायी संघ मकवानपुरको अध्यक्षमा नारायणसिंह थिङ चयन भएका छन् । आज भएको दशौँ साधारणसभा पाँचौ अधिवेशनले थिङको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा उर्मिला राना, सचिवमा नवराज बज्राचार्य, सहसचिवमा सुदीप रत्न, कोषाध्यक्षमा स्वस्ती राजथला, सदस्यमा सुनिल परिवार, मदन खतिवडा, दुर्गाा फुयाँल, मेनुका श्रेष्ठ, जनकप्रसाद उपाध्याय र मनोज परियार रहेका छन् ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघका केन्द्रीय द्धितीय उपाध्यक्ष लालबहादुर परियारको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको उद्घाटनमा संघका केन्द्रीय सदस्य बाबुराम छिनाल, संघ मकवानपुरका निवर्तमान अध्यक्ष हरिशरण महर्जन, संस्थापक उपाध्यक्ष बिष्णु महर्जन, कानुनी सल्लाहकार सुमन मानन्धरलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम कपडा तथा सिलाई व्यवसायी संघ मकवानपुरका अध्यक्ष शारदा बज्राचार्यको अध्यक्षतामा भएको हो ।

0 comments

Write Down Your Responses