NEWS
»
श्रम, सीप र रगत चल्ने पानी किन नचल्ने ?
श्रम, सीप र रगत चल्ने पानी किन नचल्ने ?
मनहरी, २० जेठ / मनहरी गा.वि.स.लाई व्यवहारिक रुपमा जातीय छुवाछुत मुक्त घोषणा गर्ने १०० दिने अभियानको ९९औ दिनमा श्रम चल्छ, सीप चल्छ, रगत चल्छ तर पानी किन चल्दैन भन्ने मूल नाराका साथ व्यवहारिक रुपमा जातीय छुवाछुत मुक्तगा.वि.स. घोषणा अभियान समितिले मकवानपुुरको मनहरीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा श्री नं. जगदल गण सुनाचुरीका अधिकृत तथा जवान, सशस्त्र प्रहरी वल सुनाचुरी, इलाका प्रहरी कार्यालय मनहरी र स्थानीय युवाहरुको सहभागितामा ३८ जनाले रक्तदान गरेका छन ।

अभियान अन्तराष्ट्रिय जातीय विभेद उन्मूलन दिवशको अवसर पारेर २१ मार्चवाट थालनी गरिएको थियो । छुवाछुत मुक्त गा.वि.स. घोषणा अभियानको सय दिन अर्थात सरकारले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिन जेठ २१ गते पारेर घोषणा सभा गर्ने भएको छ । रक्तदान कार्यक्रम अभियान समिति सदस्य तथा प्राथमिक उपचार संयोजक भुवनलाल जोशीको अध्यक्षतामा भएको थियो । कार्यक्रमका सहभागीहरुलाई स्वागत अभियान समितिका सदस्य सचिव कमल कुमार विश्वकर्माले गरेका थिए भने धन्यवाद समितिका संयोजक मीनराज कोइरालाले गरेका थिए । अभियान सामुदायिक विकास केन्द्र नेपाल र स्टा«ेम फाउण्डेशनको सहकार्यमा सञ्चालित सम्वाद परियोजना अन्तरगत एकता किशोर किशोरीको सञ्जालको सकृयतामा १५१ सदस्यीय अभियान समिति गठन गरि सञ्चालनमा रहेको छ ।
0 comments
Write Down Your Responses