Powered by Blogger.
उत्तरी थाहाका भूकम्पपीडितको गुनासो सम्बोधन हुने

 थाहानगर २० जेठ / भुकम्पले ध्वस्त बनाएका घरहरुको नामावली संकलनमा प्राविधिक टोलीहरुले पिडितहरुको नामावली नराखेको भन्दै उत्तरी थाहानगरपालिको कार्यालय मै गएर नागरिकहरुले गुनासो गर्दै आइरहेको छन । सोहि गुणासोलाई मध्यनजर गरि थाहा नगरपालिकाले थाहाको ३ वाटै संयूक्त वडा सेवा केन्द्रमा  गुणासो  पेटिका राख्ने भएको छ । थाहा नगरले भूकम्प पीडितहरुको विद्युतीय तथ्यांक छुट भएको भए गुनासो फाराम भरेर पुनर्निर्माण इकार्इं कार्यालय हेटौंडामा पठाउने निर्णय भएको छ ।
नगरपालिकाको कार्यालय विकास घरमा नगरस्तरीय रजनीतिक दल, वडा नागरिक मञ्चका संयोजक तथा प्रतिनिधिहरुको सहभागितामा भएको बैठकले यस्तो निर्णय गरेको हो । छुटेका भूकम्पपीडितहरुको गुनासो फाराम वडा नागरिक मञ्चका संयोजक तथा प्रतिनिधिको सहयोगमा भर्ने व्यबस्था मिलाइने छ ।
पुनर्निर्माण प्राधिकरणले जिल्ला विकास समितिमार्फत् तथ्यांक नगरपालिका कार्यालयमा पठाएपछि यथार्थ पीडितहरुको नाम छुटेको गुनासो आएको हो ।
 थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम बहादुर परियारको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नागरिकको गुनासो सम्बोधन गर्न बिहीबार बैठक बसेको हो । यस अघि छानो सम्म ढलेको घर समेत पुर्न क्षतिमा नआएको,घरै नभएको ब्यक्तिको पनि पुर्न क्षतिमा आएको, फेरि पुन अनुगमनको जरुरी रहेको जस्ता गुणसो राख्न नगरपालिकामा भुकम्प पिडित पुग्ने गरेका थिए ।  नेपाल सरकारले दुई लाख रकम देला र नयाँ घर बनाउला भन्ने पिडितहरुको सुनौलो सपना भने अधुरै भएको छ । अहिले ती पीडितहरु क्षति ग्रस्त घर भित्र नै आफ्नो ज्यान हत्केलामा राखेर बस्न
बाध्य भएका छन् । प्राविधिक टोलीले क्षति ग्रस्त घरहरुको सावर्जनिक गरेको नामावली अत्यन्त भ्रामक र पक्षपात भएको पीडित थाहा १ का यूद्ध थोकरले बताउनु भयो ।

0 comments

Write Down Your Responses