Powered by Blogger.
तरुण नेतृत्वमा पाठक

हेटौडा,४ असार / नेपाल तरुण दल मकवानपुरको अध्यक्षमा इश्वर पाठक सर्वसम्वत चयन भएका छन् । शुक्रबारबाट सुरु भएको चौथो जिल्ला अधिवेशनमा सहमतिको लागि भन्दै आज शनिबार सम्म ब्यापक छलफल गरिएको थियो । 
          कांग्रस नेताहरुले सहमतिको पक्षमा आफ्नो सकृयता कायम राखेपछि पाठक अध्यक्षमा चयन भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी सुनिलकुमार दाहाल भने खुल्ला तर्फ केन्द्रीय पार्षदमा चयन भएका छन् । अधिवेशनले उपाध्यक्ष रामकुमार रायमाझी सचिव सचित थापा, कोषाध्यक्ष सुर्य रोक्का लाई चयन गरेको छ । महिलामा मालती विक चयन भएका छन् । 
दलित महाधिवेशन प्रतिनिधिमा डम्मरध्वज विक,, महिला महाधिवेशन प्रतिनिधी यसोधा थापा, उर्मीला उप्रेती, जनजातीमा उदास लामा, अल्पसङख्यकमा रमेश प्रजा चयन भएको निर्वाचन अधिकृत अर्जुन प्रसाद चौलागाईले जानकारी दिनु भयो । 

0 comments

Write Down Your Responses