Powered by Blogger.
हेटौडामा सुचनाको हक सम्वन्धी अन्तरक्रिया

हेटौडा,१६ असार÷ राष्ट्रिय सुचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले नेपालमा सूचनाको हक सम्बन्धी ऐन ढिलो ल्याएका कारण बढी भ्रष्टाचार मौलाएको बताउनुभएको छ । नेपाल पत्रकार महाँसंघ मकवानपुर शाखाको आयोजनामा सुचनाको हक सम्बन्धी आज हेटौडामा आयोजित अन्तरक्रिया कार्यक्रमका अबसरमा सुचनाको हक सम्बन्धी कानुन पुर्ण रुपमा कार्यनयन गर्न आयोग तयार रहेको बताउनुभएको छ ।
आम जनताले मागेकै आधारमा सुचना दिने ब्याबस्था सबैले गर्नुपर्ने र सुचना कसैले माग नगरेमा पनि तिन तिन महिनामा सार्बजनिक गर्नुपर्ने ब्याबस्था अनुसार आयोगले आदेश दिइएको प्रमुख आयुक्त बाँस्कोटाले बताउनु भयो ।
कुनै पनि सार्बजनिक निकायबाट माग भएको सुचना नदिएमा कार्बाहीको ब्याबस्था रहेको बताउँदै उहाँले भन्नुभयो–सुचना माग गरे अनुसार कुनैपनि कार्यालयका कर्मचारीहरुले नदिएमा उनिहरुलाई बिभागिय कार्बाही, जरिवाना र क्षेतिपुर्ति भराउने समेत ब्याबस्था रहेको बताउनुभयो ।
 कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी डाक्टर मानबहादुर विक, मध्यमाञ्चल क्षेत्रीय प्रशासक मुकुन्द राजप्रकाश घिमिरे, स्थानीय विकास अधिकारी लक्ष्मण विक्रम थापा, हेटौँडा उपमहानगरपालिकाका कार्यकारी अधिकृत सुदेवकुमार पोखरेल,जिल्ला प्रहरी कार्यलयका प्रमुख मिरा चौधरी लगाएतको आतिथ्यता रहेको थियो ।  जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा सूचना अधिकारी र सञ्चारकर्मीहरु सहभागि कार्यक्रम महासंघ मकवानपुरका अध्यक्ष महेन्द्र श्रेष्ठको सभाध्यक्षतामा भएको थियो ।

0 comments

Write Down Your Responses