Powered by Blogger.
लागू औषध गाँजा प्रहरीद्धारा नष्ट



हेटौडा,१६ असार÷ मकवानपुर प्रहरीले लागू औषध गाँजा फडानी बिरुद्धको अभियानलाई तीब्र बनाउने क्रम जारी राखेको छ ।

 जिल्लाको टिष्टुंग,देउराली,नौखण्डे,आलमपुर तथा मेत्रांगमा प्राकृतिक रुपमा उम्रेको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय पालुंगबाट खटिएको टोलीले सो क्षेत्रमा ६ रोपनीमा लगाइएको गाँजा नष्ट गरेको उहाँले बताउनुभयो ।

0 comments

Write Down Your Responses