Powered by Blogger.
आरआर क्याम्पसमा नारायणीको वृहत प्रशिक्षण सम्पन्न


नेकपा (एमाले) नारायणी अञ्चल सम्पर्क कमिटीको वृहत भेला प्रशिक्षण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । एमाले स्थायी समिति सदस्य छविलाल विश्वकर्माको प्रमुख आतिथ्यतामा आ आर क्याम्पसमा कार्यक्रम भएको हो ।

प्रशिक्षणमा केन्द्रीय प्रशिक्षण विभागका सचिव तथा केन्द्रीय सदस्य इश्वरी रिजालले प्रशिक्षण गरेका थिए । अञ्चल सम्पर्क कमिटीका अध्यक्ष अशोककुमार ठकुरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव वेदनाथ कोइरालाले गरेका थिए ।

कार्यक्रममा अञ्चलका तर्फबाट पार्टी सदस्यता प्राप्त गरेका नयाँ सदस्यहरुलाई शपथ ग्रहण गराइएको थियो । 




0 comments

Write Down Your Responses