Powered by Blogger.
कुलेखानी संरक्षित जलाधार क्षेत्र घोषणाको लागि उत्तरी मकवानपुरमा बोटविरुवा वितरण


थाहानगर,१६ असार÷ जिल्ला भु संरक्षण कार्यालय मकवानपुरले एक व्यक्ति एक विरुवा कार्यक्रम अन्तर्गत उत्तरी मकवानपुरमा आज फलफूल लगायतका विरुवाहरु वितरण गरेको छ । जिल्ला बनस्पति कार्यालय तथा भु संरक्षणकै नर्सरीमा भएका विरुवाहरु वितरण गरिएको हो । कुलेखानी जलाधार क्षेत्रलाई संरक्षित जलाधार क्षेत्र घोषणा कार्यक्रमको लागि यो अभियान चलाइएको जिल्ला भु संरक्षण सहायक अधिकृत शेरबहादुर श्रेष्ठले जानकारी गराउनु भयो ।
 कुलेखानीलाई संरक्षित जलाधार क्षेत्र बनाउने क्रम जारी रहेको अवस्थामा विभिन्न मन्त्रालयमा प्रक्रिया अगाडी बढिरहेको र सो प्रक्रिया अन्तर्गत एउटा अभियान संचालन गरिएको र यो अभियानले स्थानीय समुदाय खुशि रहेको बताउनुभयो । उत्तरी मकवानपुर उपल्लो जलाधार क्षेत्रमा फलफूल प्रजातिको विरुवाहरुको माग बढि रहेको र आगामी वर्षहरुमा सोहि अनुसारले कार्यक्रम तयार पार्ने सहायक अधिकृत श्रेष्ठले बताउनुभयो ।
विरुवा वितरणमा थाहानगरमा स्थानीय संयोजन गरेको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विमलकुमार ढकालले कागती को विरुवाको अत्याधिक माग भएको र माग अनुसारले विरुवा पु¥याउन गाह्रो भएको बताउनुभयो ।
जिल्ला भु संरक्षणले यो सह्रानीय काम गरेको र अब अझै कार्यक्रमहरु बढाउन अनुरोध गर्नुभयो । स्थानीय तहमा भु संरक्षणको लागि स्थानीयतहबाट स्थानीय सरोकारीवालाहरुले सहयोग गर्नको लागि पनि अनुरोध गर्नुभयो ।

0 comments

Write Down Your Responses