राउटको यो बिजोग, कहिले सुन्ला सरकारले तिनका कुरा ?
हिरेन्द्र शाही |
अझै आश्चर्य नै लाग्छ जब राउटे समुदायसँग जो कसैको भेट हुन्छ । जसरी संसार दिनप्रतिदिन तिव्र विकास, आधुनीकिकरण र नयाँ नयाँ प्रविधिको प्रयोग बढिरहेको छ । यो सब मानवले मानवीय जीवनको सम्वृद्धिका निम्ति गरिरहेको कार्य हो । मानव विकासको लामो इतिहासमा मान्छे पशु बाँदर बाट आजको यो सभ्य मानवको रुपमा विकास हुन सयौं बर्ष लाग्यो ।
मान्छे आदिम जंङगली युग, ढुङ्गे युग, दास युग, सामन्तवादी युग, पुजीवादी युग, समाजवादी युग हुदै उन्नत साम्यवादी युगमा संक्रमण हुने यो एउटा सामाजिक चक्र हो । जसरी हाम्रा पुर्खाहरु ‘हन्टिङ र ग्यादरिङ’युगको चरण बाट ग्रुर्जदै आए । मानव विकासको चक्रमा हाम्रो पुस्ता भने आजको यो सभ्य समाजमा बाँचिरहँदा हामी जस्तै मान्छे अझैं शहर, गाउँ, समाज वा घर कुनै ठाउँमा नभई जङ्गलमा बसोबास गरी रहेका छन् । आफ्नै समुदाय, रीति थीति र दुनियाँ भएको समुदाय राउटे समुदाय हो । उनीहरुको काम हेर्दा अहिले पनि हामी त्यो हन्टिङ एण्ड ग्यादरिङ्ग युगलाई सम्झन्छौं । समुहमा गएर सिकार गर्ने र सामुहिक बस्ने ।
आज पनि नेपालका राउटे समुदाय र अफ्रिकाका केही काला जातिहरु जंङगलमा बसोबास गरिरहेका छन् । यो आजका मानवशास्त्री र समाजशास्त्रीहरुका निम्ति ज्युँदो अनुसन्धानको विषय हो, भने आजको सभ्य दुनियाँका नीम्ति चुनौंतिको विषय हो ।
हो, त्यही राउटे समुदाय आजभोली मेरो गाउँ अछामको नाडा गा.वि.स.को रिड्ढा जंङगलमा १६० जना बसोबास गरिरहेका छन् । केही समय अघि म आफ्नो घर जाँदा तेस्रो पटक राउटे समुदाय सँग साक्षात्कार गर्ने अवसर पाँए । मेलै राउटे समुदायसँगको पहिलो र दोस्रो भेटलाई सम्झीए, पहिलो भेट म बच्चा हुँदा घरमा काठको मधुस, कोसि र काठको सुत्ने खाट ल्याएर घरमा राउटेहरु आएको जतिबेला राउटेले एक्लै भेट्टाएमा मार्छन भन्थे हामी राउटे भन्ने बित्तिकै डराउँथ्यौं, दोस्रो म आठ नौं कक्षा तिर पढ्दा हाम्रो जङगलमा बसेका बेला हेर्न गइरहन्थ्यो ।
तेस्रो भेटमा मलाई खड्किएको प्रश्न थियो पहिलो, दोस्रो र तेस्रो भेटमा राउटे समुदायमा के फरक आएको छ ? काठको प्रयोग गरी मधुस, कोसि, खाट लगायत अन्य सामाग्रीहरु बनाउने क्रम त अहिले पनि छ । तर अहिले विषेसगरी महिलाले पुरै शरिर छोप्ने गरि लुगा लगाउने, सबैले खुट्टामा चप्पल लगाउने र सरसफाइमा पनि केही ध्यान दिने ।
अझ भनौं महिलाहरुले टाउको धुने कपाल कोर्ने चलनको राम्रो विकास भएको रहेछ । तर सबै भन्दा डरलाग्दो पक्ष भनेको उनीहरुको खानपिन संस्कृतिमा आएको परिवर्तन, के महिला, के पुरुष सबैले अल्कोहल सेवन गर्ने संस्कार नै बनेको देख्दा दुःख लाग्यो ।
मानव विकासको इतिहासमा सामाजीकिकरणको प्रक्रिया बाट छुट्टिएको राउटे समुदाय आज पनि सामाजीकिकरण हुन मान्दैन् । बर्षाको झरीले भिजेको ठाउँमा खेल्दै र सुतिरहेका बच्चा–बच्चीहरु जो अर्धनग्न थिए । तरकारी र दाल होइन भातका डल्लाहरु खाइरहेको देख्दा कता कता अनौंठो वा गम्भिर बनाउँछ । उनीहरु जो कोही सँग फोटो खिच्दा पैसा अनिवार्य माग्ने चलन रहेछ । महिलाहरु अझैं पनि खुलेर कुरा नगर्ने वा नदिने चलन रहेछ ।
सरकारले एक हजारबाट दुई हजार बनाएको भत्ताप्रति उनीहरुको सहमति रहेनछ । रास्कोटि ठकुरीका मुखिया सुर्यनारायण शाहीका अनुसार हामीले सरकारसँग पाँचहजार भत्तको माग गरेका थियौं । पाँच हजार नभए तिन हजार सम्म बनाईदिउला भनि राष्ट्रपति विद्या देवि भण्डारी, उपराष्ट्रपति, प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए तर किन बनाईदिएनन् भन्ने उनीहरुको प्रश्न छ ।
उनीहरुले राष्ट्रपतिसँगको भेटमा २० ओटा खसी, बर्षातमा चाहिने पाल र रासन मागेको तर अझसम्म नआएको गुनासो सुनाए । मुखियासँग राष्ट्रपति तथा उपराष्ट्रपति कार्यलय, प्रधानमन्त्री कार्यलय, राजनीतिक दलका मुख्य नेताहरु, राउटे उत्थान राष्ट्रिय प्रतिष्ठान नेपालका पदाधिकारीहरुको फोन नम्बर रहेछ ।
मुखियाको माग बमोजिम मेरो फोन बाट राष्ट्रपति कार्यलय र राउटे उत्थान प्रतिष्ठानका व्यतिmहरुसँग कुरा भयो । राउटेहरुको माग छिट्टै सम्बोधन हुने सरकारी प्रतिबद्धता सुनियो अनि केही नौंला अनुभुति, राउटेको वर्तमान र भविष्यमा राउटे समुदाय सामाजीकिकरण को प्रक्रियामा सहभागी हुदै गरेको अवस्थामा भेट हुने अपेक्षा सँगै म आफ्नो घर फर्किए ।
उनीहरुको माग जायज भएकाले राज्यले छिटो भन्दा छिटो सम्वोधन गर्नु पर्छ । २१ औं शताव्दीको यो युगमा उनीहरु पनि अन्य नागरिक सरह बाँच्ने हक छ ।
0 comments
Write Down Your Responses