Powered by Blogger.
कुलेखानीमा कमल थापाको उद्घोष, ‘विकास हेर्न एकपटक राप्रपा नेपाललाई साथ दिऔं’


मकवानपुर । उप प्रधान, परराष्ट्र तथा स्थानिय विकास मन्त्री कमल थापाले संविधान कार्यान्वयन गर्दै आर्थिक विकासमा लाग्न सवै दल सँग आग्रह गर्नु भएको छ । 

चुनाको बेलामा जनताको भोट लिएर संविधान निर्माण कार्यान्वयन,देशको आर्थिक विकास र नेपालको समृद्धिमा लाग्नको लागी पठाएको भन्दै भोटको सदुपयोग गर्न उहाँले आग्रह गर्नु भयो । राप्रपा नेपाल मकवानपुर क्षेत्र नम्वर २ को क्षेत्रिय अधिवेशनको कुलेखानीमा सम्वोधन गर्दै थापाले जन चाहना अनुसार आर्थिक विकास र सम्वृद्धिमा नलागे संविधान टिकाउ नहुने पनि दावि गर्नु भयो । 

२००७ साल पछि आधा दर्जन संविधान बनिसकेको स्मरण गर्दै थापाले जनताको हित नगरे यो संविधान पनि टिकाउ नहुने जिकिर गर्नु भयो । ‘२००७ सालमा राजा र जनताको प्रयासमा आएको संविधान पछि आधा दर्जन संविधान फलिएका छन्, यो संविधानले पनि जनतामा हाँसो ल्याएन भने यो पनि जनताले फाल्ने छन्’ थापाले भन्नु भयो । 

राप्रपा नेपालका अध्यक्ष समेत रहनु भएका थापाले गलत राजनीतिक ब्यवस्थाको विरुद्ध संघर्ष र अनुभवलाई दृष्टिगत गर्दै संविधानलाई अझ परीमार्जित गर्दै लाने हो भने मात्रै आर्थिक विकास हुने बताउनु भयो ।

अबको राजनितीमा विद्रोह र आन्दोलन नभएर शान्ति चाहिने भन्दै नेपालमा शान्ती ,स्थायीत्व र विकास चाहनेहरुको लागि राप्रपा नेपाल एक मात्र विकल्प रहेको पनि उहाँले बताउनु भयो । 

जनताले सवै पार्टीहरुलाई जिताइ सकेको भन्दै विकास हेर्न र देशको मुहार फेर्न लाई गाउँ गाउँबाट एक पटक राप्रपा नेपाल लाई साथ दिन आग्रह गर्नु भएको थियो । अरु आलोचना गरेर भन्दा पनि अफु केहि गरेर नमुना लाएक विकास गरेर देखाउने पनि वताउनु भएको थियो ।

0 comments

Write Down Your Responses