Powered by Blogger.
अब चित्लाङमै वन विज्ञान विषयकोे पढाई


मकवानपुर, १८ असार । धेरैको रोजाइ र आकषर्णको विषय रहेको वन विज्ञानको पढाई अब उत्तरी मकवानपुरको चित्लाङमै हुने भएको छ । यसै शैक्षिक वर्षका लागि ३ वर्षे वन विज्ञान विषयमा स्वच्छन्द भैरव माविमा भर्ना खुलेको हो । 

माविले प्राविधीक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीइभीटीको सम्वन्धन लिएर नेपाल भारत पोलिटेक्नीकको व्यवस्थापनमा वन विज्ञानको कक्षा सञ्चालन गर्न लागेको हो । चित्लाङकै डा. रामहरि लामिछाने सिटीइभीटीको सदस्य सचिव भएका बेला मकवानपुरेले घर आँगनमै बसेर वन विज्ञान पढ्न पाएका हुन् । यो व्यवस्थाबाट मकवानपुरीबाशी निक्कै खुसी भएका छन् ।

सदस्य सचिव लामिछानेले अबको जोड प्राविधीक शिक्षामा दिइनुपर्ने बताउदै चित्लाङमा वन विज्ञानको पढाइले आफ्नो धेरै वर्ष पहिलेदेखि थाती रहेको एउटा सपना पुरा भएको बताए । 

तिन वर्षे वन विज्ञानको प्रवेश परिक्षाका लागि फर्म खुलिसकेको विद्यालयले जनाएको छ । त्यसका लागि अंगेजी, गणित र विज्ञान विषयमा कम्तीमा सि ग्रेडको नतिजा ल्याएको हुनुपर्नेछ । यसैबीच १५ वर्षदेखि रोकिएको ७२ करोडको योजना पनि यसै वर्ष  टेन्डर भएको छ ।

प्राविधीक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीइभीले हेटौंडामा ७२ करोड रुपैंयाको वृहत तालिम केन्द्र  निर्माण सञ्चालन गर्नका लागि टेन्डर गरिएको हो ।  सिटीइभिटीका सदस्य सचिव डा. लामिछानेकै पहलमा १५ वर्षदेखि रोकिएको सो सम्झौता यसै वर्ष पुरा भएको हो । 




0 comments

Write Down Your Responses