Powered by Blogger.
४० जनाले रक्तदान

हेटौंडा, १८ असार / नेपाल तरूण दल मकवानपुरको आयोजनामा हेटौंडामा आज भएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । कांग्रेस जिल्ला सभापति एवम् सांसद ईन्द्रबहादुर बानियाँले रक्तदान गरि शुभारम्भ भएको कार्यक्रममा ३ महिलासहित ४० जनाले रक्तदान गरेका हुन् । जनआन्दोलन २०६२र६३ का कमान्डर एवम् नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोईरालाको ९३ औं जन्म दिवसको अबसर पारेर तरूण दलले रक्तदान कार्यक्रम गरेको तरूण जिल्ला सचिव सचित थापाले बताउनुभयो । जिल्ला अध्यक्ष ईश्वर पाठकको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी र भातृसंगठनका नेता, कार्यकर्ताको सहभागिता रहेको थियो ।

0 comments

Write Down Your Responses