Powered by Blogger.
तामाङ सेलो भाकामा एम जि तामाङ मायाको कसम खाँदै (भिडियो सहित)

धादिङ , १८ असार / काठमाडौँको स्वयम्भु र यस आसपासमा छायाँकन गरिएको “मायाको कसम” बोलको गितको भिडियो सार्वजनिक भएको छ । सञ्चारकर्मी एम जी तामाङ र रजनी लामाको स्वरमा रहेको गितको भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा सन्जय थिङ, समग्र घलान, रविना लामा, जुनु थापा मगर, इमा मगर र जयराम लामा ९शिशिर० ले प्रमुख भूमिकामा अभिनय गर्नु भएको छ । सूर्य लामाले छायाँकन गर्नुभएको भिडियोमा नृत्य निर्देशन सुसान लामाले गर्नु भएको छ ।
यस्तै गितमा चर्चित गायक तथा संगितकार विश्व दोङको संगित रहेको छ भने नोर्बु शेर्पाले गितलाई एरेन्जर गर्नुभएको हो । जिग्मे मिडियाको उत्पादन रहेको यो गितको अडियो भने यस अघि नै सार्वजनिक भैसकेको छ । भिडियो निमार्णमा सबिता गुरुङ्गु , अन्जली आचार्य , अन्जु तामाङ्, सर्मिला लामा, सुरेस मोक्तान , उमेश मोक्तान र विशाल कला केन्द्र बौद्ध जोरपाटी काठमाडौ तथा कृष्ण तामाङ्गले विशेष सहयोगीको भुमिका निभाउनु भएको छ । 

0 comments

Write Down Your Responses