Powered by Blogger.
दश मिनेटमा राहादानी प्राप्त गर्न सकिने

काठमाण्डौ,१९ असार / अबदेखि दश मिनेटमा राहादानी प्राप्त गर्न सकिने भएको छ । परराष्ट्र मन्त्रालय, राहदानी विभागले आजदेखि सुरु गरेको प्रत्यक्ष दर्ता प्रणाली सेवाको सुरुआतसँगै दाङ धनौरीकी चन्द्रकली बुढाथोकीले आजा दश मिनेटमै राहदानी प्राप्त गरेका छन् । बुढाथोकिलाई उपप्रधान तथा परराष्ट मन्त्री कमल थापाले राहादानी प्रदान गर्नुभएको हो ।
मन्त्री थापाले राहदानी लिन चाहने सेवाग्राहीलाई सहज रुपमा यन्त्रले पढ्ने राहदानी (एमआरपी) शीघ्र उपलब्ध गराउने सरकारी नीति अनुसार प्रत्यक्ष दर्ता एवम् फाराम भर्ने लगायत सम्पूर्ण काम विभागबाटै हुने पद्धतिको प्रारम्भ गर्नुभएको हो ।
सरकारको गत जेठ २३ गतेको निर्णयानुसार द्रुत सेवा प्रयोग गरी सेवाग्राहीले एकै दिनमा राहदानी लिन चाहेमा  १५ हजार दस्तुर बुझाउनुपर्नेछ । त्यसैगरी  १२ हजार शुल्क बुझाए दुई दिन र १० हजार राजस्व बुझाएमा तीन दिनमा एमआरपी पाइने छ ।

0 comments

Write Down Your Responses