Powered by Blogger.
थाहाको समग्र विकासको लागि आफु प्रतिवद्ध : थापा

 थाहानगर,२६ असार / जनताको गुनासो सुन्न आज मकवानपुरको उत्तरी थाहामा पुग्नु भएका माननिय सांसद गणेश थापाले अबको राजनिति विकासको राजनिति भएको बताउदै सम्पूर्ण दललाई विकासको राजनिति गर्नको लागि आग्रह गर्नुभयो । 
राप्रपा नेपाल थाहा नगर कमिटिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको सम्वोधन गर्दै जनताले विकास चाहेकाले आफु भाषण भन्दा पनि काम गरेर देखाउने र  थाहाको समग्र विकासको लागि आफु प्रतिवद्ध रहेको समेत रहेको बताउनु भयो ।  


उत्तरी मकवानपुरका भुकम्प पिडितको गुनासो सुने पश्चात् थापाले उत्तरी लगायत मकवानपुरबासी सबैको घरमा पानी, बिजुली, गाउँ–गाउँमा मोटरबाटो, विद्यालय, स्वास्थचौकी सँगै रोजगारी सृजना गर्नेमा आफू प्रयत्नशील रहेको बताउनुभयो । 
राप्रपा नेपाल थाहा नगर कमिटिले सोहि अबसरमा थाहा नगरको विभिन्न क्षेत्रमा उल्लेखनिय योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान समेत गरेको छ  । जसमा मकवानपुर जिल्ला स्तरिय भलिबल प्रतियोगितामा विजयी थाहा नगर भलिबल समूह, थाहा कला केन्द्रको आयोजनामा भएको मकवानपुर जिल्ला स्तरीय एकल गायन प्रतियोगिता मकवानपुर आईडल हुन सफल दिपराज के.सी, कला र संस्कृतिको क्षेत्रमा योगदान पु¥याएको भन्दै थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तान, साहित्य क्षेत्रमा कलम चलाएर उत्तरी मकवानपुर तथा सिँगो मकवानपुर जिल्लालाई चिनाउन सफल भएका साहित्यकार विर्खे अन्जान , अपाङ्गता भएका थाहा ७ डाडाँ गाउँका सानोभाई भुजेललाई पनि नगद सहित दोसल्ला ओडाएर सम्मान गरेको नगर कमिटिका अध्यक्ष हरेराम कार्कीले जानकारी दिनुभयो । 
शिक्षा क्षेत्रमा उल्लेखनिय योगदान पु¥याउनु भएका जनकल्याणका प्राचार्य सानोभाई कार्की, उत्तरी क्षेत्रमा खेलकुद जगतमा उल्लेखनिय योगदान पु¥याएकोे थाहा नगर खेलकुद विकास समितिका अध्यक्ष राजेश के.सी लाई नगद, प्रमाण पत्र र दोसल्लाबाट सम्मान गरेको कार्कीले जानकारी दिनु भयो ।

राप्रपा नेपाल थाहा नगरका कमिटिका अध्यक्ष हरेराम कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा थाहा नगर पालिकाका कार्यकारी अधिकृत भिम बहादुर परियार,जनकल्याण उच्च माविका प्रार्चाय सानोभाई कार्की, पालुङ बहुमुखि क्याम्पसका प्रमुख रामहरि अधिकारी, पत्रकार, विभिन्न पाटिका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि,स्थानिय सरोकारवाला, लगायतको उपस्थिति रहेको थियो ।




0 comments

Write Down Your Responses