Powered by Blogger.
नुवाकोटका अर्जुन लागे वंशावली खोज्न


काठमाडौं, १९ असार । तामाङ समुदायभित्रको घलान थरको उत्पतिको इतिहासका साथै वंशावली खोजी अभियानका लागि घलान(ग्लान) समुदाय जुटेका छन् । उनीहरुले हालै राजधानीमा एक वृहत भेलाको आयोजना  आवश्यक तयारीका लागि तदर्थ समिति गठन गरे । 

पूर्वमन्त्री हितबहादुर तामाङको अध्यक्षतामा गत शनिवार काठमाडौंमा सम्पन्न प्रारम्भिक छलफलले ग्लान(घलान) समाज निर्माणका लागि अर्जुनबहादुर तामाङ (नुवाकोट, चतुराले)को संयोजकत्वमा २१ सदस्यीय भेला आयोजक समिति गठन गरिएको हो । 

उक्त समितिको सदस्यहरुमा रक्षेबहादुर तामाङ, छिरिङ दोर्जे तामाङ, रकमसिं तामाङ,  यदुमान लामा, योगेश लामा, ज्ञानबहादुर तामाङ,    सोमबहादुर तामाङ, ज्ञानेन्द्र घलान, श्यामबहादुर लामा, विवेक तामाङ,     सर्केश घलान, ललित ग्लान, बच्चुराम तामाङ, कुमार तामाङ, आनन्दी लामा, मैनाकुमारी लामा छन् । थप सदस्यहरुलाई पछि मनोनित गरिने संयोजक अर्जुन तामाङले जानकारी दिए । 

छलफलले पूर्वसहसचिव इन्जिनियर नरेन्द्रबहादुर लामा, पूर्वमन्त्री तामाङ, नेपाल तामाङ घेदुङ कुवेतका सल्लाहकार रामबहादुर लामा र हिमबहादुर तामाङलाई संरक्षक सल्लाहकार चयन गरेको छ ।

भविष्यमा ग्लानहरुको पुर्खाले प्रयोग गरेका ऐतिहासिक सामग्रीहरुको संग्राहलय समेत निर्माण गर्ने योजना रहेको बताइको छ । उक्त समुदायको ऐतिहासिक थातथलो नुवाकोटको गोल्फु भन्ज्याङ हो ।

0 comments

Write Down Your Responses