Powered by Blogger.
केन्द्रीय सञ्चार सहकारी संघमा पुनः पालुङकै ढकाल


काठमाडौं । नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघको अध्यक्षमा पुनः थाहा नगरका  विष्णुहरि ढकाल निर्वाचित भएका छन् । संघको तेस्रो अधिवेशनले ढकालको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ सञ्चालक समिति चयन गरेको हो ।

नव निर्वाचित उपाध्यक्षमा मन केसी, महासचिवमा लोक प्रसाद बञ्जरा र कोषाध्यक्षमा लेखनाथ ढकाल रहेका छन् । त्यस्तै सञ्चालक सदस्यहरुमा दिपक कोइराला, नारायण पाण्डे, सुशिला केसी, विरबहादुर चोखाल, टीका जंग थापा, राजेन्द्र श्रेष्ठ, सौजन्यप्रसाद सत्याल, कुमार पाण्डे र भेषराज पाण्डे रहेका छन् ।

त्यसैगरी लेखा समितिको संयोजकमा राजकुमार पाण्डे रहेका छन् भने सदस्यहरुमा सागर सुब्बा र सखमबहादुर कार्की रहेका छन् ।

रेडियो पालुङका अध्यक्ष समेत रहेका ढकाल यसअघि ब्रोडकास्टिङ एशोसिएशन अफ नेपाल बानका अध्यक्ष समेत थिए । 



0 comments

Write Down Your Responses