Powered by Blogger.
सरोकारवाला निकायहरूको टोलीद्वारा हेटौंडा ६ को बजार अनुगमन

 हेटौंडा, २९ असार / जिल्लाका सरोकारवाला निकायहरूको टोलीले हेटौंडा ६ मा आज बजार अनुगमन गरेको छ । जिल्ला  अनुगमन समितिको टोलीले हेटौंडा ६ चौघडा र चुच्चेखोलामा अनुगमन गरेको हो । टोलीले किराना, होटल, कपडा, ग्रिल, फार्मेसी लगायतमा दर्ता र गुणस्तरबारे अनुगमन गरेको थियो । अनुगमनका क्रममा देखिएका त्रुटी सुधार्न र दर्ता नभएकालाई दर्ता प्रक्रियामा आउन सचेत गराएको छ । 
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुष्कर भट्टराईको नेतृत्वमा भएको अनुगमनमा जिल्ला प्रशासन कार्यालयका मदनकुमार श्रेष्ठ, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक दिनेश ढुंगाना, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, उपाध्यक्ष कृष्ण अग्रवाल, उपभोक्ता मञ्चका  अध्यक्ष केशव श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष नन्दरत्न स्थापित लगायतको सहभागिता रहेको थियो ।

0 comments

Write Down Your Responses