Powered by Blogger.
बाराही चौरको फलफूल डाँडामा डेढ करोडको लगानीमा पिकनीक ‘स्पट’ र वालबालिका पार्क बन्दै


थाहा नगर, १ साउन । थाहा नगरपालिका स्थित वडा नम्मर १२ मा रहेको बज्रबाराही मन्दीरको बाराही चौरभन्दा माथीको फलफूल डाँडामा डेढ करोडको लगानीमा वृहत वालवालिका पार्क तथा पिकनिक स्पट निर्माण हुने भएको छ ।

त्यसका लागि नगर पालिकाले आर्थिक वर्ष २०७२–०७३ को बजेटबाट बाल उद्यान  (पार्क) को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरिसकेको छ । हालसम्म सार्वजनिक जग्गाको रुपमा रहेको र बज्रबाराही उच्च माविको संरक्षणमा रहेको उक्त फलफूल बगैंचालाई वालबालिका पार्क तथा पिकनिक स्पटका रुपमा विकास  गर्दा नगरपालि क्षेत्रमा पर्यटन प्रवद्र्धनलाई सघाउ पुग्ने कार्यकारी अधिकृत भीम परियारले बताए ।

 यस क्षेत्रमा अहिलेसम्म वालउद्यान नरहेकाले पनि सो स्थान वाललालिका पार्कका लागि उपयुक्त रहेको उनको भनाई छ । डिपीआर तयार भइसकेकाले आगामी बजेटबाट क्रमागत रुपमा सो पार्क पुरा हुने नगरवाशीको अपेक्षा छ । नगर विकास कोषसंगको समन्वयमा समेत उक्त योजना पुरा हुनसक्ने बताइएको छ । 

प्रत्येक ३ वर्षमा लाग्ने मल्लकालिन जात्रा, बाराही मन्दीर माथिको जंगल लगायतका सम्पूर्ण स्थानलाई समेटेर वृहत योजना बनाउन सके बज्रबाराही लगायत सिङ्गो नगरकै कायापलट हुने स्थानीय सानुकाजी गोपालीले जानकारी दिए ।

चौरमा जेष्ठ नागरिक भवन तथा खोलाको वारी पारी पुल हालेर पुरानो संरचना नबिग्रने गरी विकास गरिनुपर्ने स्थानीयहरु बताउँछन् । सो योजनामा सबै दलका स्थानीय नेताहरु एकमत रहेको नेकपा (एमाले) थाहा नगर कमिटीका अध्यक्ष अच्यूतमप्रसाद ढकालले जानकारी दिए । बज्रवाराहीको बाल उद्यान, बज्रवाराही मन्दिर क्षेत्र प्रवद्र्धन, बज्रबाराहीको  अग्लोचुलीमा रहेको मनकामना मन्दीर, दामनको भ्यूटावर, पर्वतीय ताल, पालुङको कोटथुम्की, दामनको कालीदमार लगायतको क्षेत्रलाई एकीकृत रुपमा विकास गरी पर्यटन प्रवद्र्धनमा विकास गरिने बताइएको छ ।

ति क्षेत्रहरुको विकास गर्नका लागि वहत रुपमा डिपीआर तयार गरीने नेपाली काँग्रेस थाहा नगरका अध्यक्ष योगेन्द्रमान श्रेष्ठले जानकारी दिए । निर्माणको योजना रहेको बाल उद्यानको लागत एक करोड ३४ लाख हुने बताइन्छ ।उक्त उद्यानलाई परियोजना प्रतिवेदनमा ‘बालमैत्री हरित पार्क’ नामाकरण गरिएको छ । 

चौरमा खानेपानी र घेराबार यसै आर्थिक वर्षको बजेटबाट गरिने थाहा नगरपालिकाले जनाएको छ । यसका लागि प्रक्रिया अघि बढिसकेकोे छ । जिल्लाको उत्तरी क्षेत्रको थाहानगरमा निर्माण हुन लागेको पहिलो पार्क चारसय ६९ दशमलव ७६ वर्ग मीटरमा क्षेत्रमा फैलने डिपीआरमा उल्लेख गरिएको छ । 

बालबालिकाको मनोरञ्जनका लागि आवश्यक सामाग्री उद्यानमा राखिने छ । त्यस्तै विश्राम कक्ष, मनमोहक बगैचा, चौतारोलगायतको व्यवस्था हुनेछ । पार्क क्षेत्रमा स्वच्छ खानेपानीको धारा, शौचालयलगायतको पूर्वाधार हुनेछन् । पार्कमा जानेहरुको सवारी व्यवस्थापनका लागि व्यवस्थित पार्किङ क्षेत्र पनि तय गरिने छ ।




तस्बिरः भीम परियारको फेसबुकबाट

0 comments

Write Down Your Responses