Powered by Blogger.
५ दिने क्रिष्टल गहना बनाउने तालिम हेटौंडामा शुरु

हेटौडा, २ श्रावण /  मकवानुर उद्योग बाणिज्य संघ, महिला उद्यमी विकास समितिको आयोजनामा क्रिष्टल गहना बनाउने तालिम आजबाट हेटौंडामा शुरु भएकोछ । ५ दिन सम्म चल्ने तालिममा करीब २५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहने बताईएकोछ । मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा अध्यक्ष न्यौपानेले महिला उद्यमीले सीपलाई उद्योग कै रुपमा विकास गरेर आएमा संघले पछि तिर्ने गरि २ लाख सम्म सहयोग गर्न सक्ने बताउनु भयो । कार्यक्रममा बोल्दै अध्यक्ष न्यौपानेले तालिममा सिकेको सीपलाई व्यवसायकै रुपमा विकास गर्न समेत आग्रह गर्नु भयो । कार्यक्रममा मउबासंघ, महिला उद्यमी विकास समितिकी सभापति निलम पाण्डेले यस तालिमले महिलालाई आत्मनिर्भर बनाउन सहयोग पुर्याई आर्थिक रुपमा सक्षम बनाउने बताएकीछिन् । कार्यक्रममा मउबासंघका महासचिव महेन्द्र राउतले यस्ता तालिम आयोजनाका लागि उद्योग बाणिज्य महासंघलाई समेत सहयोगका लागि आग्रह गरिने बताउनु भयो । मउबासंघको सभाकक्षमा भएको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मउबासंघका कोषाध्यक्ष प्रमोदसिंह रानाभाटले तालिम पछि सिकेका सीपलाई व्यवहारमा समेत उतार्न आग्रह गर्नुभयो । कार्यक्रममा मउबासंघ,महिला विकास समिति पश्चिमी क्षेत्र सभापति अनिता कर्माचार्य, मउबासंघ, महिला उद्यमी विकास समितिकी उपसभापति एवम् तालिम संयोजक रवीलक्ष्मी श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । तालिमलाई प्रशिक्षक शारदा सुवेदीले सहजीकरण गर्नुहुने जनाईएकोछ । उद्घाटन कार्यक्रमलाई राधिका पाण्डेले सञ्चालन गर्नु भएको थियो ।

0 comments

Write Down Your Responses