Powered by Blogger.
ओलीको समर्थनमा हेटौंडामा पनि विशाल प्रदर्शन


हेटौँडा, २ साउन । अहिले सम्म नगरेको काम केपी ओली नेतृत्वको सरकारले गरेको भन्दै मकवानपुरका स्वतन्त्र युवाहरुले हेटाँैडामा वृहत प्रदर्शन गरेका छन् । 

भारतको अघोषित नाकाबन्दी देखि एकाधिका बजारलाई चिनसँग जोड्दै अघि बढेको सरकार नेपाल र नेपालीका लागि आवश्यक रहेको भन्दै हेटौँडाको बिभिन्न क्षेत्रमा आवद्ध स्वतन्त्र युवाहरुले बजारमा प्रदर्शन गरेका हुन् । 

सिमचौकबाट बजार परिक्रमा गर्दै प्रर्दशन गरिएको थियो । सरकारले जनताको भावना बुझ्दै काम गरिरहेको अवस्थामा नयाँ सरकार आउँनु उपयुक्त नभएको युवाहरुको भनाई रहेको छ । 

बर्षाको झरीमा रुझ्दै सरकारको समर्थनमा नाराबाजी सहित बजार परिक्रमा गरिएको थियो । प्लेकार्ड र व्यानर बोकेका युवाहरुले नेपाल र नेपालीको पक्षमा रहि राष्ट्र र राष्ट्रियता माथि अडिक सरकार देशको लागि आवश्यक रहेको बताए ।



0 comments

Write Down Your Responses