Powered by Blogger.
सुमन भोम्जनको स्मृतिमा रक्तदान हुने


हेटौंडा । २०७२ सालको महाभूकम्पमा परी निधन भएका मकवानपुरे खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा हेटौंडामा वृहत रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । 

स्वर्गीय पत्रकार भोम्जनको स्मृतिमा गठित सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान मकवानपुरको आयोजनामा आगामी साउन ९ गते बिहान ७ बजे हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो । 
हेटौंडामा रगतको अभाव भइरहेको खबर बारम्बार आइरहेको कारण रक्तदान नै जीवन दान हो भन्ने उद्देश्यअनुरुप रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष भेष खड्गीले बताए । 

रक्तदान कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, मकवानपुर जिल्ला खेलकुद विकास समिति, विभिन्न खेलकुद संघका पदाधिकारीहरु, खेलाडीहरु, सुमन भोम्जनका परिवारजन, सेना, प्रहरी, सशस्त्र प्रहरी, खेलप्रेमी र शुभचिन्तकहरुको सहभागिता रहने उनले बताए ।


0 comments

Write Down Your Responses