Powered by Blogger.
पुष्पलाललाई सम्झँदै बज्रबाराहीमा प्रशिक्षण, केन्द्रीय सदस्य मेम्बर लो एमाले फिर्ता


टिष्टङ(बज्रबाराही), ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिब पुष्पलालको ३८ औं स्मृति दिवसमा नेकपा (एमाले) मकवानपुर क्षेत्र नम्मर २ स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 
एमालेका केन्द्रीय नेताहरुको उपस्थितिमा शुक्रबार बज्रवाराहीमा कार्यक्रम भएको हो । एमालेका पोलिटब्युरो सदस्य एवम् संघीय मामिला प्रमुख पर्शुराम मेघी गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केन्द्रीय सदस्यद्वय केदार न्यौपाने र विरोध खतिवडा बिशिष्ट अतिथि थिए ।

 एमाले नारायणी अञ्चल इन्चार्ज समेत रहेका न्यौपानेले कार्यक्रममा सहभागी एमाले कार्यकर्ताहरुलाई नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिब पुष्पलालबाट सिक्नुपर्ने कुराहरु र मकवानपुर इन्जार्च समेत रहेका खतिवडाले स्थानीय निकायको पुनर्संरचना र संविधान कार्यान्वयन विषयमा प्रशिक्षण दिएका थिए । 

सोही अवसरमा मकवानपुर २  का साँसद सुभाषचन्द्र ठकुरीले क्षेत्र नम्मर  २ को विकास र वर्तमान राजनीतिको विषयमा प्रष्ट पारेका थिए । कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य एवम् २ नम्मर क्षेत्रीय इन्चार्ज विष्णुप्रसाद ढकाल, जिल्ला कमिटी उपसचिब  मिना लामा, जिल्ला सदस्य तथा थाहा नगर इन्चार्ज रामचन्द्र बल, सदस्यहरु भगवती पुडाशैनी, ठूली गोले, पञ्चमाया स्याङ्तान, क्षेत्रीय सचिब  बिमलकुमार ढकाल, सानुकाजी गोपाली लगायतको सहभागिता थियो ।  ।

अन्ततः मेम्बर लो एमालेमै

मकवानपुरका युवा बामपन्थी नेता मेम्बर लो अन्ततः एमालेमै फर्केका छन् ।  शुक्रबार मकवानपुरको बज्रवाराहीमा आयोजित एमाले २ नं. क्षेत्रीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको अवसरमा उनी एमालेमा फर्किएका हुन् । 

लामो समय एमाले राजनीतिमा रहेका लो संघीय समाजवादी गठन भएपछि उतै लागेका थिए । उक्त पार्टीको केन्द्रीय सदस्य रहेका लोले संघीय समाजवादी पार्टी र फोरम नेपालबीच एकता भई संघीय समाजवादी फोरम नेपाल बनेपछि पार्टी परित्याग गरेका थिए  । उनले गत १९ जेठमा हेटौंडामा पत्रकार सम्मेलन गरी उक्त पार्टी छाडेको घोषणा गरेका थिए । 

संघीय समाजवादी फोरम नेपालले माक्र्सबादलाई लत्याएको  र समानुपातिक समावेशी चरित्रलाई नमानेको भन्दै पार्टी परित्याग गरेका लोले नेपाली जनताको भरोसाको  केन्द्र एमालेमात्र भएकोले पुनः आफ्नो राजनीतिक घर एमालेमा फर्केको बताए । 

एमालेमा फर्कंदै गर्दा नेता लोले पार्टीले दिएको जिम्मेवारी आफूले पूरा गर्ने प्रतिवद्धता जनाएका थिए । 
२०४७ सालमा अनेरास्ववियूबाट उनले राजनीति शुरु गरेका थिए ।



0 comments

Write Down Your Responses