Powered by Blogger.
मातृभूमि साहित्य समाजद्धारा विभिन्न व्यक्तिलाई सम्मान


हेटौंडा । मातृभूमि साहित्य समाज मकवानपुरको आयोजना हेटौडामा स्रष्टा सम्मान एवम् काव्य वाचन कार्यक्रमको सम्पन्न भएको छ । कार्यक्रममा ३ जना स्रष्टाहरुलाई सम्मान गरिएको छ  । 

१५ हजार १ रुपैया सहितको यति विकास बैँकद्धारा सञ्चालित १४ औँ वर्ष यति विकास वैँक  साहित्य पुरस्कार २०७२ दाङकी साहित्यकार बुनु लामिछानेलाई प्रदान गरिएको छ ।  लामिछानेले २ वटा महाकाव्य , ५ वटा खण्डकाव्य र थुप्रैै कृतिहरु प्रकाशन गरि सक्नु भएको छ । 

त्यस्तै नगद ७ हजार ५ सय राशिको केशवलाल मैनाली स्मृति मात्रृभूमि प्रत्रकारिता पुरस्कार साझा कुरा राष्ट्रिय दैनिकका सम्पादन सविन न्यौपानेलाई प्रदान गरिएको छ  । युवा व्यवसायी ईश्वर मैनालीको पिता केशवलाल मैनालीको स्मृतिमा स्थापना गरिएको पत्रकारिता पुरस्कारमा नगद र प्रशंसा पत्रबाट न्यौपानेलाई सम्मान गरिएको हो । 
त्यस्तै मातृभूमि राष्ट्रिय स्रष्टा सम्मान २०७३ बाट वरिष्ठ गजलकार डां घनश्याम न्यौपाने (परिश्रमी) लाई पुरस्कृत गरिएको छ । वरिष्ठ गजलकार डा. न्यौपानेको प्रमुख आतिथ्यता तथा मातृभूमि साहित्य समाज मकवानपुर हेटौडाका अध्यक्ष राजबाबु पहाडीको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । 

प्रमुख आतिथि डां न्यौपानेले मातृभूमि साहित्य  समाजले गरेका योगदानको बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा विभिन्न जिल्लाका साहित्यिक संघ संस्थाका ११ कविहरुले आफ्ना कविताहरु वाचन गरेका थिए । 

0 comments

Write Down Your Responses