मकवानपुरमा नेपाल खेलकुद महासंघको क्षेत्र र नगर कमिटी गठन
बज्रबाराही(टिष्टुङ), ८ साउन । नेपाल खेलकुद महासंघ मकवानपुर अन्र्तगत क्षेत्र नम्मर २ को अध्यक्षमा कुलेखानीका रत्न थापा चयन हुनु भएको छ ।
उत्तरी मकवानपुरको थाहा नगरपालिकाको सभाहलमा भएको भेलाले थापाको अध्यक्षमा ११ जनाको समिति गठन गरिएको छ ।
महासंघका उपाध्यक्षमा भैँसेका छिरिङ लामा, सचिवमा पालुङका रमन श्रेष्ठ, सहसचिवमा टिष्टुङका आईते लामा बल, र कोषाध्यक्षमा सिस्नेरीका रोशन ठकुरी सर्बसम्मत चयन हुनु भएको छ । त्यसैगरि सघका सदस्यहरुमा राजु आचार्य, सौगात बलामी, सागर विष्ट, देवेन्द्र थोकर, सुवास रुम्बा र एका थिङ रहेको छन् ।
नेकपा एमाले पाटी जिल्ला कमिटि सचिवायका सदस्य विष्णुप्रसाद ढकालको प्रमुख आतिथ्यता तथा जिल्ला खेलकुद महासंघ कार्यकारी अध्यक्ष रविन जोशीको सभाध्यक्षतामा भेला सम्मन्न गरिएको हो ।
यसै अवसरमा बज्रबाराहीका राजेश बलामीको अध्यक्षमा ९ सदस्यीय थाहा नगर खेलकुद कमिटि चयन गरिएको छ । उपाध्यक्षमा रवि गोपाली, सचिवमा जनक कार्की, सह सचिवमा ईन्दिरा बलामी, र कोषाध्यक्षमा सुनिल घलान चयन भएका छन् ।
त्यसैगरि सदस्यहरुमा प्रज्वल कार्की, एन्जल विष्ट, रमेश कार्की र भुवन कार्की चयन भएका छन् । नेपाल खेलकुद महासंघ जिल्ला समिति मकवानपुरको आयोजनामा भेला भएको हो ।
0 comments
Write Down Your Responses