Powered by Blogger.
मुलुकले विभक्त होइन ‘सांस्कृतिक सम्मिलन’ खोजेको छः महासचिव पोखरेल


काठमाडौं, १० भदौ । नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेलले जातियताको आगो झोस्नेहरुले अब त्यसो गर्न नहुने बताएका छन् । 

एमाले निकट तामाङ जातीहरुको संगठन नेपाल लोकतान्त्रीक तामाङ संघको १२ औं स्थापना दिवशको अवशरमा शुक्रबार राजधानीमा आयोजित अन्तरक्रियामा महासचिव पोखरेलले यस्तो बताएका हुन् । 

महासचिव पोखरेलले उक्त कार्यक्रममा १० किसिमको धर्म र एक सय भन्दा बढी जाति भएको देशमा नेपाली भाषा बोल्ने, दौरा सुरुवाल लगाउने मात्र ठूलाबडा र शासन सत्ताका हकदार हुन् भन्ने भान परेकामा अब त्यस्तो हुन नहुने बताए । उनले भने, ‘केन्द्रीकृत शासन प्रणालीले पहिचान, प्रतिनिधित्व र प्रभावमा विभेद गरेको छ । ’ 

बहुजातीय, बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुकले विभक्त होइन ‘सांस्कृतिक सम्मिलन’ खोजेको उनको भनाई थियो । उनले नेपालको सास्कृतिक विभिदतालाई सिङ्गमरमरको बुट्टाको संज्ञा दिँदै त्यसलाई एकमुष्ट र बलियो पार्दा आकर्षक देखिने र क्षतविक्षत पार्न खोज्दा त्यसको अस्थित्व नरहने बताए ।‘हजारौं वर्षदेखिका ति रसायनहरुलाई अलग अलग हुन् भनेर फुटाउन खोज्यो भने दुर्भाग्य हुन्छ, सिङगमरमरको चमक हराउँछ, हो नेपाली समाज यस्तै छ ।’

उनले २०७४ माघ ७ पछि राजनीतिक र संवैधानिक संकट सिर्जना गर्न अहिल्यैदेखि तानाबाना बुन्न थालिएको आरोप लगाए । अघिल्लो सरकारले ल्याएको निर्वाचन कार्ययोजना अघि बढाउमात्र त्यस्तो संकट नआउने भएपनि वर्तमान गठवन्धन त्यही संकट ल्याउन उद्यत रहेको महासचिव पोखरेलले आरोप लगाए ।
  
कार्यक्रममा एमाले पोलिट्व्युरो सदस्य संसदीय दलका सचेतक, आदिवाशी जनजाती फाँट इन्चार्ज तथा युवा नेता गोकुल घर्ती, नेपाल लोकतान्त्रीक आदिवाशी जनजाती महासंघका महासचिव शरण राई, अनेरास्ववियुका अध्यक्ष नबिना लामा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत लगायतले मन्तव्य राखेका थिए । 

संघका अध्यक्ष दावादोर्जे लामाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शान्ति पाख्रिनले स्वागत मन्तव्य र अर्का उपाध्यक्ष प्रेम लामाले संघ स्थापनाको ऐतिहाँसिक पृष्ठभूमिबारे प्रकाश पारेका थिए । 

कार्यक्रममा एमालेको केन्द्रीय अनुशासन आयोगका सदस्य जागृत भेटवाल, कर्ण घले, लेखा आयोगका सदस्य पिवी गोले, केन्द्रीय उद्योग विभाग सदस्य बलबहादुर तामाङ, लोकतान्त्रीक शेर्पा संघका अध्यक्ष पासाङ शेर्पा, युवा संघका कोषाध्यक्ष हिदम लामा, एमाले काभ्रेका अध्यक्ष टोकबहादुर वाइवा, अग्रज पत्रकार प्रतिक तामाङ, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य शन्तराम बिडारी लगायतको उपस्थिति थियो । 

संघका महासचिव विजयसिंह लोप्चनले सञ्चालन गरेको कार्यक्रममा डम्फु र टुङ्नाको धुनबाट सहभागिलाई स्वागत गरिएको थियो । 






0 comments

Write Down Your Responses