Powered by Blogger.
चौथौँ पटक पनि ठूलो करदाता बन्दै एनसेल


काठमाडौं, ९ भदौ । लगातार तीन पटक सर्वोत्कृष्ट करदाताको उपाधी हात पारिसकेको एनसेलले चौथौँ पटकपनि यो उपाधी हात पार्ने निश्चित भएको छ । कम्पनीले आर्थिक वर्ष २०६९÷२०७०, २०७०÷२०७१ र २०७१÷२०७२ मा लगातार तीन पटक सबै भन्दा बढि कर तिर्दै सर्वोत्कृष्ट करदाता बनिसकेको छ । 

स्रोतका अनुसार एनसेलले गत आर्थिक वर्ष २०७२÷७३ मा रु २८ अर्ब भन्दा बढि राजश्व सरकारलाई बुझाएको छ । यद्यपी कर कार्यलयबाट भने कुन कुन कम्पनी अथवा करदाता आर्थिक बर्ष २०७२÷७३ को उत्कृष्ट करदाताहरुको सूचीमा परेका छन् भनेर आधिकारीक रुपमा सार्वजनिक हुन बाँकी छ ।

आर्थिक वर्ष २०७१÷७२ मा पनि एनसेलले सरकारलाई २८ अर्ब ६० करोड भन्दा बढी राजश्व तथा शुल्क बुझाएको थियो । गत आर्थिक वर्षमा एनसेलले रेनोल्ड्सको शेयर कारोबार बापत टेलियासोनेराको तर्फबाट झण्डै रू. १० अर्ब कर पनि दाखिला गरेको थियो । यसले गर्दापनि कम्पनीले तिरेको करको रकम बढेको कर अधिकारीहरुले बताएका छन् । 

‘एनसेलनै एक नम्बर करदाता हुने पक्का देखिएको छ । तर हामीले गर्न पर्ने अन्य हिसाबहरु बाँकी नै छन् । सधै झै दोस्रो स्थानमा नेपाल टेलिकम र तेस्रोमा सुर्य नेपाल रहने पनि प्राय निश्चित छ,’ आन्तरिक राजश्व विभागका एक अधिकारीले बताए । 

लेखा परिक्षण प्रतिवेदन बुझाउने समयावधि अझै बाँकी रहेकाले कुन करदाताले कति कर तिर्यो भन्ने औपचारिक जानकारी आउन बाँकीे छ । 

कर दाखिलाको हिसाब हेर्दा नेपाल टेलिकम भन्दा एनसेल झण्डै रु १५ अर्व बढि कर तिरेर अग्रणी स्थानमा रहने देखिएको बताइन्छ । आन्तरिक राजश्व विभागले राख्ने करको हिसाबमा टेलिकम कम्पनीहरुले तिर्ने लाईसेन्स नविकरण शुल्क र ग्रामिण दूरसञ्चार कोषमा गरिएको योगदान लगायत भने समाबेश गरिएको हुँदैन । 

एनसेलले सरकारलाई आफ्नो अनुमति पत्र नविकरण दस्तुरको किस्ता रू. २.५ अर्ब प्रत्येक आर्थिक वर्ष सकिनु अगावै तिर्दै आएको छ । त्यसै गरी दुरसञ्चार कम्पनीहरुले आफ्नो वार्षिक कुल आम्दानीको २ प्रतिशत रकम ग्रामिण दूरसंचार कोषमा बुझाउदै आएका छन् ।  गत वैशाखमा एनसेलले आफुले सरकारी ढुकुटीमा विविध शुल्क, रोयल्टि र कर अन्र्तगत हालसम्म झण्डै रु १२९ अर्ब योगदान गरेको जनाएको थियो ।

साथै, दीर्घकालिन तथा प्रतिबद्ध लगानीकर्ताका रुपमा आउँदा वर्षहरुमा पनि देशको सबैभन्दा ठूलो करदाताको रुपमा आफ्नो अग्रणी स्थान कायम राख्ने लक्ष्य कम्पनीको रहेको बताएको थियो । लगानी तथा विस्तारसँगै एनसेलले राज्य कोषमा गर्ने योगदान प्रत्येक वर्ष बढिरहेको छ ।

सरकारलाई आर्थिक वर्ष २०७०÷७१ र २०७१÷७२ मा सबै भन्दा बढि आयकर दाखिला गर्ने कम्पनीका रुपमा  व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले एनसेललाई प्रतिष्ठित सम्मान ‘व्यावसायिक महत्वपूर्ण व्यक्ति’ अर्थात कमर्शीयल्ली ईम्पोर्टेन्ट पर्सन (सीआईपी) प्रदान गर्ने प्रस्ताव समेत पेश गरिसकेको छ । 

यो सम्मान राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउने विभिन्न आर्थिक क्षेत्रमा संलग्न व्यवसाय तथा व्यवसायीहरुलाई प्रदान गरिंदै आएको छ । 

0 comments

Write Down Your Responses