Powered by Blogger.
पालुङमा घैंटो फुटाइको रौनक, पुरस्कार आग्रा युवा क्लवको हातमा


पालुङ, १० भदौ । चर्चित खेलमा परिणत हुदैँ आइरहेको घैँटो फुटाई प्रतियोगिताको तिन वटै पुरस्कारमा आग्रा युवा क्लवले हात पारेको छ । विगत २१ वर्ष देखि उत्तरी मकवानपुरको थाहा नगरपालिकामा हुदैँ आइरहेको प्रतियोगिता यस बर्ष पनि थाहानगरको शिखरकोट बजारमा बिहिबार सम्पन्न भएको हो ।

२५ फिट ,२० फिट र १८ फिट माथि उचाईमा रहेको घैँटो फुटाउदँै आग्रा युवा क्लवले उपाधि उचालेको हो । विजेता आग्राले नेकपा माओवादी केन्द्रका दलित मुक्ति मोर्चाका क्षेत्रीय अध्यक्ष तथा जे।एस सुनचाँदी पसल शिखरकोटका प्रोपाईटार जमिन दियालीबाट प्रथम पुरस्कार स्वरुप ५ हजार रुपैंया, राप्रपा नेपाल थाहा नगर कमिटि अध्यक्ष हरेराम कार्कीबाट द्धितिय पुरस्कार स्वरुप ३५ सय र तृतिय पुरस्कार स्वरुप नाडेप लघुवित्त फाइनान्स कम्पनि थाहानगर शाखा प्रमुख कृष्ण दाहालको प्रायोजनमा २५ सय प्राप्त गरेको छ । 

५ टिमको सहभागिता रहेको प्रतियोगिताका विजेतालाई थाहा नगरपालिका प्रशासन शाखा प्रमुख अनिल लामिछाने र शिखर क्वलका अध्यक्ष अनित केसीद्धारा पुरस्कार प्रदान गरिएको थियो ।

प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमी पर्वको भोलि पल्ट विगत २०५२ साल देखि यस प्रतियोगिता हुँदै आइरहेको छ । शिखरकोट बजार व्यवस्थापन समितिले गर्दै आइरहेको प्रतियोगिता यस वर्ष देखि शिखर क्वल शिखरकोटले गरेको शिखर क्वलका अध्यक्ष अनित केसीले जानकारी दिनु भयो ।

सो प्रतियोगिता हेर्नको निम्ति मकवानपुर लगायत विभिन्न जिल्लाबाट हजारौँ दर्शकको भिड लागेको थियो । प्रतियोगितालाई अझ लोक प्रिय बनाउनको लागि भन्दै शिखर क्वलले थाहा कला केन्द्रलाई सास्कृतिक कार्यक्रम गर्नको निम्ति यस वर्षबाट जिम्मा समेत दिएको छ । प्रतियोगितामा यस वर्ष देखि थाहा कला केन्द्र मकवानपुरको आयोजनामा तथा शिखर क्वलको समन्वयमा सांस्कृतिक कार्यक्रम समेत सम्पन्न भएको छ ।

सो सास्कृतिक कार्यक्रममा थाहा कला केन्द्रका कलाकार, स्थानिय लोक गायक मुक्तिनाथ उप्रेती, विवेक पाख्रिन, मकवापुर आईडल दिपराज केसी, द्धितिय स्थान हासिल गरेका दिपक कालिराज लगायतले आफ्ने प्रस्तुति राखेका थिए ।

यस प्रतियोगिताले गर्दा थाहानगरको विकासमा टेवा पुगेको समाजसेवी तथा प्रतियोगिताको सुरुवात गरि आज सम्म यस प्रतियोगितालाई जिवित राख्न सफल भएका यादवजंग रायमाझीले बताए ।‘यस प्रतियोगिताको उद्घाटन म लगायत मेरा युवा साथीहरुको सकृयतामा शुरु भएको हो, अहिले प्रतियोगिताले समग्र उत्तरी क्षेत्र कै युवाहरुको सहभागिता बढाएको छ,  यस पर्व तथा प्रतियोगिताले युवामा एकता र सद्भावको सन्देश दिएको छ ।’ उनले भने । यस प्रतियोगितालाई विभिन्न यूवाहरुले पछ्याउदै जिल्लाका अन्य भेगमा यो पर्व सुरु भएकोले यो पर्व निक्कै प्रख्यात भए जस्तो महशुस भएको उनको भनाई छ ।

त्यस्तै अर्का द्धितिय पुरस्कार प्रायोजन गर्नु भएका राप्रपा नेपाल थाहा नगर कमिटिका अध्यक्ष हरेराम कार्कीले यस प्रतियोगिताले समेत थाहानगरलाई चिनाउनको लागि ठुलो भुमिका खेलेको बताउनु भयो । उहाँले एउटा पर्वको रुपमा रहेको यस प्रतियोगितालाई अझ व्यापक बनाउन आवश्यक बताए । उनले धर्मलाई सहि तरिकाले अँगाल्दै जाने हो भने राप्रपा नेपाल थाहानगरले आगामी दिनमा पनि सक्दो सहयोग गर्ने बताए ।

दामन पोष्ट डटकमका विशेष सम्वाददाता कालिराज सम्मानित


सोहि क्रममा प्रतियोगिताको समाचार प्रसार प्रचारमा अतुलनिय भूमिका र योगदान पु¥याएको भन्दै दामन पोष्ट डटकमका विशेष सम्वाददाता रुपक कालिराज लगायतलाई प्रशंसा पत्रबाट सम्मान गरिएको छ । कालिराज रेडीयो आकाश गंगाका समाचार प्रमुख पनि हुन् ।


0 comments

Write Down Your Responses