Powered by Blogger.
संयुक्त राजनीतिक दलित संघर्ष समितिद्वारा ज्ञापन पत्र


हेटौंडा । २०७३ असार २५ गते काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ६ का अजित मिजार र सोही जिल्ला ज्याम्दी गाबिस ८ कि कल्पना पराजुलीबीच अन्तर्जातीय प्रेम बिबाह भएकै कारण  हत्या गरिएका अजित मिजार हत्याको बिरोधमा मकवानपुरका सम्पुर्ण दलित समुदायको तर्फबाट संयुक्त राजनैतिक दलित संघर्ष मकवानपुरले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीज्युलाई ज्ञापनपत्र बुझाएको छ ।

‘मुलुकमा गणतन्त्र आईसकेको, नयाँ  संविधान पाई सकेको र छुवाछूतको गर्ने माथी कानुनद्वारा दण्ड सजायको ब्यबस्था भएपनि यस किसिमको घटना हुनु ऐन कानुनको बर्खिलाप हो  । यस्ता अपराधीहरुले उन्मुक्ति पाउनु हुन्न । कडाकडा कार्बाही सजाय पाउनु पर्छ । यसका लागि जुन सुकै मुल्य चुकाउन पछि पर्ने छैनन् मकवानपुरका दलितहरु । ’ यिनै भनाइहरु रहेका छन् ज्ञापन पत्रमा ।

ज्ञापन पत्र बुझाउन नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय सदस्यद्वय गणेश रसाइली , युक्तलाल बिश्वकर्मा नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य जंगबहादुर बिश्वकर्मा, नेपाल दलित संघका केन्द्रिय सदस्य पबित्रा बिश्वकर्माको उपस्थिती रहेको थियो । 

संयुक्त राजनैतिक  दलित संघर्ष समिति मकवानपुरका संयोजक रत्नलाल बिश्वकर्मा,  सदस्यहरु मिलन परियार रामकुमार सिलवालद्वारा संयुक्त हस्ताक्षरित उक्त ज्ञापन पत्रमा तीन सुत्रिय मागहरू रहेका छन । ज्ञापन पत्रमा ‘नेपाल सरकारद्वारा गठित समितिबाट भरपर्दो र निश्पक्ष छानबिन हुन नसक्ने हुनाले केन्द्रीय स्तरबाट स्वतन्त्र र अधिकार सम्पन्न उच्च स्तरीय छानबिन समिति गठन गरियोस । हत्याकाण्डका हत्यारा तथा किटानी जाहेर गरिएका अपराधीलाई कार्बाही गरियोस र पीडितलाई उचित क्षतिपूर्ति दिइयोस र उनीहरुको परिवार लगायतको सुरक्षा गरियोस ।’ भन्ने माग राखिएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मान बहादुर बिश्वकर्माले ज्ञापन पत्र सम्माननीय प्रधानमन्त्री समक्ष पुर्याई राज्यको गम्भीर ध्यानाकर्षण गराउन आफू प्रतिबध्द रहेको   कुरा व्यक्त गर्नु भएको थियो ।



0 comments

Write Down Your Responses