Powered by Blogger.
महिला उद्यमी कोषको स्थापना आजको आवश्यकता– प्रजिअ विक


हेटौडा,२८ साउन /  मकवानपुर उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिको आयोजनामा आज हेटौंडामा बृहत महिला उद्यमी व्यवसायी भेलाको प्रमुख अतिथि मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी डा. मान बहादुर विकले पानसमा बत्ती बालेर भेलाको उद्घाटन गर्नु भयो । करीब २०० जना महिला उद्यमी सहभागी कार्यक्रमलाई सम्बोधन गर्दै डा. विकले अहिलेको अवस्थामा उत्पादन भन्दा पनि बजारीकरणको समस्या रहेकोले उद्यमशीलताको तालिमसँगै बजार व्यवस्थापनको समेत तालिम, अन्तक्र्रिया हुनुपर्ने वताउनु भयो । प्रमुख अतिथि डा. विकले महिला उद्यमी कोषको गठनका लागि मउवासंघलाई आग्रह समेत गर्नुभयो । यस किसिमको कोषले महिलाका लागि आएका बजेटलाई फ्रिज हुनबाट जोगाउन सकिने डा. विकको भनाई थियो । भेलालाई सम्बोधन गर्दै घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका प्रमुख पुष्कर भट्टराईले घरेलु कार्यालयले तालिम, सीप र प्रविधि समेत सहयोग गर्ने भएकोले कार्यालयमा सम्पर्क गरी लाभ उठाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले मकवानपुरमा उत्पादित मकवानपुरको चिनारी विक्री गर्नका लागि संघको पहलमा कोसेली घर शुरु भएको जानकारी दिनुभयो । अध्यक्ष न्यौपानेले महिला उद्यमी समेत देशको आर्थिक उन्नतिको पाटोेमा अभिन्न अङ्ग रहेको बताउनु भयो । कार्यक्रममा थाहा उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री, मउवासंघका पदाधिकारी, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि, महिला उद्यमी विकाचस समितिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो । उद्यमी भेला कार्यक्रमलाई इजी पिपुल्स नामको संस्थाले उद्यमी महिला सशक्तिकरण, उपभोक्ता अधिकारका बारेमा सहजीकरण गराएको थियो ।
उद्योग वाणिज्य संघको स्वागत कार्यक्रम
मकवानपुर उद्योग वाणिज्य संघले आज त्रियुगा उद्योग वाणिज्य संघको अध्ययन अवलोकन टोलीलाई स्वागत कार्यक्रम आयोजना गरेकोछ । नेपालका विभिन्न पर्यटकीय स्थलको भ्रमण र जिल्लाहरुका उद्योग वाणिज्य संघहरुसँग त्रियुगा उद्योग वाणिज्य संघले कसरी सहकार्य गरी अघि बढ्न सक्छ ? भन्ने उद्देश्यले भ्रमणको आयोजना गरिएको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्रकुमार भगतले बताउनु भएकोछ । 
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले मकवानपुरको समग्र व्यवसाय र व्यवसायिक सम्भावनाको बारेमा अवगत गराउनु भएको थियो । स्वागत कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालले उदयपुरमा फस्टाउदै गएको सामुहिक तथा व्यवसायिक बाख्रापालनको बारेमा भ्रमण टोली सँग जिज्ञासा राख्नु भएको थियो । 
भ्रमण टोलीले हेटौंडा नगर भित्रको सरसफाई, ढल निकासको प्रशंसा गर्दै भ्रमणको क्रममा यहाँ आएपछि उदयपुर जिल्लाका बजार तथा नगरहरुलाई समेत सफा सुन्दर बनाउन अभिप्रेरित भएको बताउनु भएकोछ । 

स्वागत कार्यक्रममा मउसंघका कार्य समिति सदस्य माधव न्यौपाने, काव्यमणि अधिकारी लगायतको सहभागिता रहेको थियो । आज चितवन हुँदै विभिन्न स्थानको भ्रमण गर्ने टोलीमा त्रियुगा उद्योग वाणिज्य संघका कार्य समिति पदाधिकारीहरुको सहभागिता रहेकोछ ।

0 comments

Write Down Your Responses