Powered by Blogger.
३ दिने सभा–समारोह उद्घोषण तालिम हेटौडामा शुरु

हेटौडा,२३ साउन / मकवानपुर उद्योग वाणिज्य संघ (महिला उद्यमी विकास समिति)को आयोजनामा ३ दिने सभा–समारोह उद्घोषण तालिम आजबाट हेटौडामा शुरु भएको छ ।  ३ दिने सम्म चल्ने उद्घोषण तालिमको संघका अध्यक्ष एवम् प्रमुख अतिथि राजकुमार न्यौपानेले आज एक कार्यक्रमका वीच उद्घाटन गर्नु भएको छ ।
महिला उद्यमीहरुका लागि उनीहरुको क्षमता अभिबृद्धिमा सघाउ पुर्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताईएकोछ । महिला उद्यमी विकास समितिकी सभापति निलम पाण्डे सभाध्यक्षतामा भएको कार्यक्रममा सभापति पाण्डेले यस्ता तालिमले महिला दिदीबहिनीले आफ्नो कुरा निर्धक्कका साथ अभिव्यक्त गर्नसक्ने बताउनु भएकोछ । कार्यक्रममा बोल्दै संघका कार्य समिति सदस्य उज्ववल चौलागाईले यस तालिमले महिला उद्यमीको क्षमतामा वृद्धिहुनेमा विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा संघका कार्य समितिका पदाधिकारीहरु, विभिन्न सञ्चार गृहका सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो । २५ जना महिला उद्यमीहरुको सहभागिता रहेको उद्घोषण तालिमलाई सञ्चारकर्मी एवम् संघका कार्यक्रम अधिकृत देवराज पन्तले प्रशिक्षण दिनुहुने जनाईएको छ । 

0 comments

Write Down Your Responses