Powered by Blogger.
चन्द्रगिरीमा केबलकार पछि चहलपहल बढ्यो, भालेश्वर मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न


काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्घन गरिएको बहुप्रतिक्षित चन्द्रागिरि केबलकारको टप स्टेशनस्थित भालेश्वर मन्दिरको बैदिक विधिपूर्वक प्राणप्रतिष्ठा यही साउन २४ गते सोमबारको शुभ साइतमा सु–सम्पन्न भयो । 

कम्पनीका संचालक तथा प्रवद्र्घकहरूको उपस्थितीमा सम्पन्न उक्त कार्यक्रममा काठमाडौंको चन्द्रागिरि नगरपालिका, मकवानपुरको चित्लाङ र फाखेल गा.वि.स.का स्थानीय वासिन्दाहरूलाई आमन्त्रण गरिएको थियो ।

सोमबार कम्पनीका संचालकहरुले केबलकारको व्यवसायिक शुभारम्भ गर्नुभन्दा पहिले चन्द्रागिरि वरपरका स्थानीय वासिन्दाहरुलाई प्रसाद ग्रहणका लागि निःशुल्क केबलकार चढ्ने व्यवस्था गरिएको थियो । काठमाडौंको चन्द्रागिरि नगरपालिका, मकवानपुरको चित्लाङ र फाखेल गा.वि.स.का स्थानीय वासिन्दाहरुलाई आमन्त्रण गरिएकोमा १० हजार ६ सय ४१ जना व्यक्तिहरुले सोमबार केबलकारको निःशुल्क सेवा लिनुभएको थियो ।

प्रतिदिन १० हजारभन्दा बढी व्यक्तिहरुलाई चन्द्रागिरि चुचुरोमा पु¥याउने लक्ष्य रहेकोमा पहिलो दिनमै १० हजारभन्दा बढी व्यक्तिहरुलाई सफलतापूर्वक सेवा दिन सकेकोमा कम्पनीले खुशी व्यक्त गरेको छ । दुईतर्फी टिकटका लागि ७ सय रुपैंया शुल्क निर्धारण गरिएको केबलकार मंगलबारबाट  दर्शनार्थीका लागि आंशिक संआएको बताइन्छ । केहि सुविधा सम्पन्न भएपछि केबलकार पूर्ण व्यवसायीक ढंगले संचालनमा आउने बताइएको छ ।

काठमाडौंकै सबैभन्दा अग्लो स्थान चन्द्रगिरिको उचाइ २ हजार ५ सय ५१ मिटर रहेको छ । पर्यटकीय दृष्टिले यस पहाडका प्रमुख तीन विशेषता रहेका छन् । देवादिदेव महादेवले आफ्नी प्रिय सतीदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा चन्द्रागिरि पर्वतमा पुग्नुभएको हिमवत खण्डमा उल्लेख छ । चन्द्रागिरिको चुचुरोमा महादेव पुग्दा सतीदेवीको भाल अर्थात् निधार पतन भएको र शिवलिङ्ग उत्पत्ति भएको हिमवत खण्डको ९८ र ९९ औं अध्यायमा वर्णन गरिएको छ । भाल पतन भएर उत्पत्ति हुनुभएको महादेवलाई भालेश्वर भनी पुकार्न थालिएको धर्मग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ ।

भालेश्वर महादेवको दर्शन गरेर स्वर्गका सुमुख नामक गन्धर्व र पाटन निवासी विरुपाक्षले पापबाट मुक्ति पाएका कथाहरु हाम्रा धर्म ग्रन्थहरुमा उल्लेख छन् । यसरी पौराणिक कालदेखि नै आफ्ना भक्तको मनोकांक्षा पूरा गर्ने भालेश्वर महादेवको दर्शन गराउनका लागि यहाँ आकर्षक मन्दिर निर्माण गरिएको हो । भालेश्वर महादेवको दर्शन गरेर एउटा मात्र कुराको भाकल गरे पूर्ण हुने जनविश्वास रही आएको छ । यस्तै चन्द्रागिरि पहाड ऐतिहासिक रुपले महत्वपूर्ण स्थान हो । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले सबैभन्दा पहिले चन्द्रागिरिबाट नै यो सुन्दर काठमाडौं उपत्यकाको अवलोकन गर्नुभएको थियो ।

पृथ्वीनारायण शाह आप्mनो ससुराली मकवानपुरबाट आफ्नो राज्य गोरखा फर्कँदा चन्द्रागिरि हुँदै फर्कनुभएको र काठमाडौंको अवलोकनपछि त्यसलाई जित्ने कल्पना गर्नुभएको उहाँका दिव्योपदेशमा उल्लेख गरिएको छ । उहाँको यो यात्रामा साथै रहेका दुई ज्योतिषी भानु अज्र्याल र कुलानन्द ढकालले त्यतिवेलै आफ्ना राजाको ईच्छा पूरा हुने भविष्यवाणी समेत गरेको इतिसकार प्रा.डा. दिनेशराज पन्तले उल्लेख गर्नुभएको छ ।

पृथ्वीनारायण शाहले यही चुचुरोमा बसेर अध्यात्मिक साधना गरेपछि काठमाडौं उपत्यकामाथि आक्रमण गरेर विजय प्राप्त गर्नुभएको जनविश्वास समेत रहेको छ । चन्द्रगिरि पहाड प्राकृतिक सौन्दर्यको अनुपम पहाड हो । घना जङ्गलले ढाकिएको चन्द्रगिरि मानव स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण छ । यहाँको चिसो र शान्त वातावरणले मन आनन्दित तुल्याउँछ । क्षणक्षणमै बदलिने यहाँको मौसमले विविधता दिइरहन्छ ।

चन्द्रागिरि चुचुरोबाट सर्वोच्च शिखर सगरमाथाको अवलोकन गर्न सकिन्छ । यहाँबाट पूर्वोत्तर दिशामा सगरमाथा रहेको छ । नेपालका अधिकांश हिमालहरु यहाँबाट हेर्न पाइन्छ । करिब १८० डिग्रीको रेन्जमा यहाँबाट हिमालश्रृंखलाको अवलोकन गर्न पाइन्छ ।

सूर्योदय र सूर्यास्तको अवलोकन लागि चन्द्रागिरि पहाड एउटा उपयुक्त गन्तव्यस्थल हो । हिमालयबाट हुने सूर्योदय र पश्चिमपहाडबाट हुने सूर्यास्तको दृश्य यहाँबाट रोमाञ्चक देखिन्छ । पूर्वोत्तर दिशामा रहेको काठमाडौं शहरलाई यहाँबाट राम्रोसँग अवलोकन गर्न पाइन्छ । हिमाल, हरियाली र राजधानी शहरको एकसाथ अवलोकन गर्न पाइने यो एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य हो ।



0 comments

Write Down Your Responses