Powered by Blogger.
नेविसंघको केन्द्रीय सदस्यमा लक्ष्मी दाहालको दावी


काठमाडौं । काठमाडौंमा शुरु भएको नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा उम्मेदवारहरुले उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहेको छ । 

१ सय ५१ सदस्य केन्द्रीय कार्य समितिमा अध्यक्ष, उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र केन्द्रीय सदस्यका सयौं उम्मेदवार चुनावी मैदानमा छन् । यसै क्रममा पद्मकन्या क्याम्पसकी पूर्व इकाई सचिव लक्ष्मी दाहालले पनि महिला तर्फ केन्दी्रय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् । 

उनी नेपाली काग्रेस सिन्धुली–काठमाडौं सम्पर्क समितिकी कोषाध्यक्ष पनि हुन् । सानै उमेरदेखि विद्यार्थी राजनीतिमा सक्रिय, विद्यार्थी नेत्री दाहाल अन्यायको विरुद्धमा लड्ने लडाकु विद्यार्थीको रुपमा चिनिन्छिन् ।

0 comments

Write Down Your Responses