Powered by Blogger.
हेटौंडामा जारी कोकाकोला कपको फाइनलमा बँशगोपाल र महेन्द्र भिड्ने

हेटौडा ,३१ साउन / हेटौंडामा जारी कोकाकोला कप अन्तरविद्यालय फुटबल प्रतियोगिता–२०७३ को फाइनलमा बँशगोपाल उमावि चौघडा र महेन्द्र उच्च माबि भिमफेदी भिड्ने भएकाछन् । हेटौंडा औद्योगिक क्षेत्रमा जारी कोकाकोला कप अन्तरविद्यालय फुटबल प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा आधुनिक उच्च माबिलाई २–० ले हराउँदै बँशगोपाल प्रतियोगिताको फाईनलमा पुगेको हो । जितका लागि बँशगोपालको तर्फबाट खेलकोे २४ औं मिनेटमा सुजल श्रेष्ठ र ६३ औं मिनेटमा सानोकान्छा भ्लोनले गोल गरेका थिए । बँशगोपाल र महेन्द्रबीचको प्रतियोगिता अन्तर्गतको फाईनल खेल मँगलबार दिउँसो हुने आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेताले भदौ ५ गतेबाट रौतहटमा हुने दोस्रो चरणको प्रतियोगितामा सहभागिता जनाउने मौका प्राप्त गर्नेछन् ।

0 comments

Write Down Your Responses