Powered by Blogger.
औद्योगिक प्रर्दशनी तथा दशै महोत्सव स्थगन गर्न हेटौडाका व्यवसायीको माग

हेटौडा,१ भाद्र / भदौ २९ गतदेखि उद्योग संघ मकवानपुरले गर्न लागेको औद्योगिक प्रर्दशनी तथा दशै महोत्सवको स्थगनको माग गर्दैै हेटौडाका व्यवसायीहरु विरोधमा उत्रिएका छन् । मेला स्थगनका लागि कपडा तथा तयारी पोशाक संघ मकवानपुरले उद्योग संघ तथा मकवानपुर उद्योग वाणिज्य संघलाई चाडवाड नजिक महोत्सव नगर्न पटक–पटक आग्रह गरिएको पोशाक संघका अध्यक्ष राजेश वानीयाँले बताउनु भयो  । यसको वेवास्ता गरेको भन्दै आज हेटौडामा प्रत्रकार सम्मेलनको आयोजना गरि व्यवसायीहरुले अब कडा भएर प्रतिकारमा उत्रने बताएका छन । 
महोत्सव समयअनुकुल नभएको भन्दै छिटो भन्दा छिटो समय सार्नको लागि अनुरोध गरेका छन  । मेलाको विरोधि नभएको बताउदै  चाडवाडको मुखमा महोत्सव गर्दा हेटौडामा व्यवसाय गर्दै आइरहेका व्यासायिकहरुलाई प्रत्यक्ष मारमा पर्ने बताएका छन ।
दशै अगावै मेला गर्नाले बाहिरी व्यवसाय आउने र लाखौँको घाटा स्थानिय व्यावसायले व्याहोर्नु पर्ने भन्दै मेलाको समय सार्नको निम्ति आग्रह गरेका हुन  । 
आफुहरु वर्षभरी कुरेर दशै तथा तिहारमा ब्यपार गर्नुपर्ने वाध्यता रहेको बताउदै यसरी चाडवाडको समय मेलाको आयोजना गर्दा यसैबाट रोजिरोटि गरि जिवन चलाउने व्यवसायिकहरुलाई प्रत्यक्ष असर पर्ने न्यू हेटौँडा सिटी मार्केट बस पार्कका सचिव रामकुमार प्रधानले बताउनु भयो । प्रधानले समय सार्नको निम्ति अग्रह गर्दै नगरेका खण्डमा न्यू हेटौँडा सिटी मार्केटका सम्पूर्ण व्यवसायिहरु मेलाको विरोधमा उत्रने  समेत बताउनु भयो । 


दशै अगावै मेलाको समय सार्नको निम्ति आग्रह गरिरहदा कुनै पनि सुनुवाई नभएमा मेलाको विरोधमा विभिन्न  व्यवासायि संघ सडक उत्रने समेत व्यावसायिकहरुले बताकएका छन । पत्रकार सम्मेलनमा हेटौडाका विभिन्न ब्यवसायीहरु संघका ब्यवसायीहरुको सहभागिता रहेको थियो ।

0 comments

Write Down Your Responses