Powered by Blogger.
संविधान संसोधन नगरे खारेज गरिनेः यादव


हेटौडा,३२ साउन /सघीय गठबन्धनका संयोजक तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संसोधन नगरे खारेज गरिने दाबी गर्नुभएको छ । गठबन्धनले हिजो हेटौँडामा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाले संविधान खारेजीका लागि बृहत आन्दोलनको तयारी गरिरहेको बताउनुभयो । प्रचण्ड नेतृत्वको बर्तमान सरकारले सहमति कार्यान्वयन गर्छ भन्ने झिनो आस रहेको बताउँदै यादवले सहमति कार्यान्वयन नभए जन्मदै अपाङता भएको यो संविधान जुनसुकै बेला पनि खारेज हुनसक्ने चेतावनी दिनुभयो ।
संविधान घोषणा भएलगत्तै उत्पिडीत जाति र समुदायले च्यातेर जलाएको दाबी गर्दै उहाले जलाईसकेको संविधान खारेज गर्न कुनै समस्या नरहेको बताउनुभयो । संविधान संसोधन गरी मधेशी, जनजाति सहित पछाडि पारिएका वर्गको हितमा काम गर्न प्रधानमन्त्री प्रचण्डलाई अवसर प्राप्त भएको यादवको भनाई छ । साथै संविधान संसोधन गर्न एमालेले साथ नदिए एमालेका बिरुद्ध जनता उत्रने उहाले बताउनुभयो । संविधान नश्लवादी चिन्तबाट ग्रसित रहेकाले पुर्नलेखन गर्न जरुरी रहेकामा यादवले जोड दिनुभयो । साथै उनले स्थानीय निकायको पुर्नसंरचना नगरी स्थानीय निकायको निर्वाचन हुन नसक्ने बतााउनुभयो । स्वायत्तता र स्वशासनको अधिकार सहित प्रदेश निर्माण नभएसम्म स्थानीय निकायको चुनाव हुन नदिने यदावको भनाई छ । कार्यक्रममा बोल्दै राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरदसिं भण्डारीले मधेश आन्दोलनले राष्ट्रिय रुप लिएको बताउनुभयो । अबको आन्दोलन मधेशमा मात्र होईन पहाड र हिमालमा पनि हुने उहाँले बताउनुभयो ।

0 comments

Write Down Your Responses