Powered by Blogger.
गाँठोको प्रचारप्रसार गर्न चलचित्र टोली हेटौँडामा

हेटौडा,३२ साउन / भदौ ३१ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र गाँठोको प्रचारप्रसार गर्न चलचित्र टोली  हेटाँैडा आइपुगेको छ । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा प्रमोशनको नयाँ शैलीले प्रवेश पाएको बेला गा“ठो युनिट पनि नयाँ फर्मुला अपनाउने तयारीमा रहेको हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । चलचित्रको प्रमोशनसंगै नेपाली चित्रकलाको उत्थानका लागि सम्बन्धको गा“ठोमा आधारित चित्रकला प्रतियोगिता र मनको गाँठो फुकाउने भिडियो कन्टेस्ट गर्ने चलचित्र निर्माण पक्षले जानकारी दिएको हो । जीवनमा हरेक सम्बन्धको आ–आÇनै विशेषता बयान गर्दै चित्र मार्फत त्यो गाँठोलाई बलियो रुपमा प्रस्तुत गर्ने जमर्को गर्न लागेको चलचित्रका निर्देशक सुरज भुषालले बताउनुभयो । चलचित्र प्रदर्शन पूर्व प्रतियोगिता सम्पन्न गर्ने गरी देशव्यापी प्रतियोगिता गर्ने उहाको भनाई छ । चलचित्रको विषयवस्तु चित्रकलामा आधारित रहेकोले पनि कार्यक्रमको सान्दर्भिकता रहेको निर्देशक भुषालको भनाई छ । प्रतियोगितालाई स्कूल, कलेज र खुल्ला गरी ३ विधामा आयोजना गर्ने चलचित्र युनिटको तयारी छ ।
स्कूल तर्फको विजेतालाइ २५ हजार, कलेज तर्फको विजेतालाइ ३५ हजार र खुल्ला तर्फको विजेतालाइ ५० हजार नगद पुरस्कार प्रदान गरिने चलचित्रका प्रोमोसनको जिम्मा लिएका अमृत कोइरालाले बताउनुभयो । चित्रकलाको ऐतिहासिक महत्व एवम् कला संस्कृतिको जगेर्नामा चित्रकलाको भूमिकालाई ध्यानमा राख्दै प्रतियोगिताको आयोजना गर्न लागिएको उनको भनाई छ । सम्वन्धको बिषयमा बनेको चलचित्र बटवाल इन्टरटेन्मेन्टको ब्यानरमा बनेको हो । ८० लाखको लगानीमा निर्माण भएको चलचित्रमा होस्टेल रिटन्र्सका स्टार नाजिर हुसेन, अभय बराल, नम्रता श्रेष्ठलगायको अभिनय रहेको चलचित्र गा“ठो यसअघि मौन र होस्टेल रिटन्र्सलाई निर्देशन गरिसकेका सुरज भुषालले निर्देशन गरेका हुन् । चलचित्र पत्रकार संघ मकवानपुर कोषाध्यक्ष कपिल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा चलचित्र विकास बोर्डका केन्द्रीय सदस्य एवम् एफडी बोर्डका अध्यक्ष नरेन्द्र महर्जन,पत्रकार महासंघ मकवानपुरका सचिव कृष्णसारु मगर, नेपाल बुद्धिचाल संघ मकवानपुरका केन्द्रीय सचिव धर्म लामा, टिभिएस शोरुम मकवानपुरका सुजित बानियाँ लगायतको आतिथ्यता रहेको थियो ।

0 comments

Write Down Your Responses