Powered by Blogger.
तामाङ मिडिया अवार्ड २०७३ बाट दुदुमाया र अर्जुन सम्मानित

 हेटौडा,१ भाद्र / तामाङ मिडिया अवार्ड २०७३ बाट तामाङ संचारकर्मी दुदुमाया सिन्तान र अर्जुन पाख्रीन सम्मानित हुनु भएको छ । विशेष कार्यक्रमको आयोजना गरी सञ्चार (छापारविद्युतीय) क्षेत्रमा क्रियाशिल रही तामाङ भाषा, संस्कृति, धर्म लगायतको संरक्षण, प्रवद्र्धन तथा तामाङ समुदायको विकासमा निरन्तर योगदान पु¥याउँदै आएका सिन्तान शक्ति एफएम मकवानपुरका कार्यक्रम निर्माता तथा प्रस्तोता तथा तामाङ संचार समूह,मकवानपुरकी अध्यक्ष हुन भने  र पाख्रीन अन्नपूर्ण पोष्ट दैनिकमा जिल्ला ब्यूरो सम्पादकको रुपमा कार्यरत हुन ।
 तामाङ संचारकर्मीहरुको साझा सस्था तामाङ संचार समूहले २२ औं तामाङ प्रसारण दिवसको अवसरमा २ जना सञ्चार कमीहरुलाई सम्मान गरेको हो ।  २०५१ भदौ १ गतेका दिन रेडियो नेपालबाट प्रसारित तामाङ भाषाको समाचारसँगै विद्युतीय सञ्चारमा तामाङ भाषाले प्रवेश पाएको दिनलाई तामाङ सञ्चारकर्मीहरुको साझा संगठन तामाङ सञ्चार समूहले ‘तामाङ प्रसारण दिवस’ को रुपमा मनाउँदै आएको छ । तामाङ सञ्चारकर्मीहरुलाई  ‘तामाङ मिडिया अवार्ड’  बाट प्रत्येक बर्ष सम्मानित गर्दै आइरहेको छ । 

0 comments

Write Down Your Responses