Powered by Blogger.
नयाँ शक्ति नेपाल मकवानपुरले खोज्यो स्थानीय निकायको हिसाब–किताब

हेटौडा,१ भाद्र / नयाँ शक्ति नेपाल मकवानपुरले आय व्यय सार्वजनिक गर्न माग गर्दै आज स्थानिय निकायमा ज्ञापन पत्र बुझाएको छ । पार्टी संयोजक प्रल्हाद लामिछाने जिल्ला विकास समितिको कार्यालय मकवानपुरका निमित्त स्थानिय विकास अधिकारी निर्मल प्याकुरेललाई आर्थिक वर्ष ०५९÷६० देखि ०७२÷७३ सम्मको आयव्यय १५ दिन भित्र सार्वजनिक गर्न माग गर्दै ज्ञापन बुझाएको हो । ज्ञापन पत्र बुझ्दै निमित्त स्थानिय विकास अधिकारीले आफुहरुले छिटो भन्दा छिटो माग गरेको सुचना विवरण सार्वजनिक गर्ने बताउउनु भयो ।
त्यसैगरि कार्यकर्ता सहितको टोलीले हेटौंडा उपमहानगरपालिका कार्यालयमा पनि आयव्यय सार्वजनिक गर्न माग गर्दै निमित्त कार्यकारी अधिकृत शंकर प्रसाद उपाध्यायलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा माग गरिएको सुचना २०६४ साल सम्म हस्तलिखित भएकोले केहि समय लाग्ने र बाँकी वर्षका सूचना छिटै दिने प्रबन्धक विके महर्जनले बताउनु भयो । कार्यक्रममा निमित्त कार्यकारी अधिकृत उपाध्यायले स्थानिय निकाय श्रोत परिचालन कार्यविधि अनुसार सञ्चालन भएको स्थानिय निकायको जानकारी गराउँदै माग अनुसारको सुचना जति सक्दो छिटो सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा भिम तिमिल्सिना, हिम प्रसाद पौडेल, भानुभक्त थपलिया लगायतको उपस्थिति रहेको थियो ।
नयाँ शक्ति नेपालले ३ नं प्रदेशका सबै जिल्लाहरुमा आजै ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तर्गत सूचना माग गरिएको संयोजक लामिछानेले जानकारी दिनुभयो । हेटौंडामा सहसंयोजक त्रय ज्योति रायमाझि, विवेक वाइवा, जीवन मोक्तान लगायत जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो । सोहि कार्यक्रम अन्तर्गत मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका कार्यालयमा पनि आयव्यय माग गर्दै ज्ञापन पत्र बुझाइएको नयाँ शक्ति नेपाल थाहा नगर संयोजक सुजन रायमाझिले जानकारी दिनुभयो । रायमाझिले थाहा नगर पालिका कार्यालयका प्रमुख भिम परियारलाई ज्ञापन पत्र बुझाएको जानकारी दिनुभयो । कार्यक्रममा नगरपालिकाको तर्फबाछ अनिल लामिछाने तथा नया शक्तिका २ नं  क्षेत्र संयोजक इन्द्र श्रेष्ठ, किसन रायमाझी लगायतका नेताहरुको सहभागिता रहेको थियो । विगत २०५९ सालदेखि प्रतिनिधिविहिन हुन पुगेको स्थानिय निकायमा भएका विभिन्न शिर्षकका आय व्यय सार्वजनिक गर्न नेपालको संविधान २०७२, भाग ३ को धारा २७ मा रहको मौलिक अधिकार अन्तर्गत सूचना मागिएको संयोजक लामिछानेले जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses