bank

BANK





Powered by Blogger.
मकवानपुरका दलित, विपन्न तथा जेहेन्दार किशोर किशोरीलाई शैक्षिक सामग्री वितरण

मकवानपुर १ भाद्र / दलित किशोर किशोरीका लागि अधिकारमुखी शिक्षा सम्वाद परियोजना अन्तर्गत दलित, विपन्न तथा जेहेन्दार किशोर किशोरीलाई शैक्षिक सामग्री वितरण कार्यक्रम मनहरी गा.वि.स. कार्यालयको सभाहलमा सम्पन्न भएको छ । किशोर किशोरीको क्षमता विकास, शिक्षामा निरन्तरता, परिवारको आर्थिक सवलीकरण र सामाजिक विकृति विसंगती अन्त्यकालागि संगठित रुपमा पहल गर्न सक्ने क्षमता विकास गर्ने उद्धेश्यका साथ सञ्चालित सम्वादका किशोर किशोरीलाई शिक्षामा निरन्तरता र हौसलाको लागि मनहरीका ६० र पदमपोखरी, हाँडीखोला, फापरवारी, निवुवाटार भिमफेदी र थाहा नगरपालिकाका गरि जम्मा ७५ जनालाई कपी कलम, विद्यालय पोशाक र व्याग वितरण गरिएको हो । मनहरी ३ शान्तिटोल स्थित सुनौलो विहानी किशोरी सम्वाद केन्द्र सम्वाद सहयोग समिति संयोजकविमला घलानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा नेकपा एमाले मनहरी गाउँ कमिटि अध्यक्ष रघुनाथ रुम्वा, नेपाली काँग्रेस मनहरी गाउँ कमिटि सदस्य मुक्तिनाथ अधिकारी, राप्रपा नेपालका ४ नं क्षेत्रीय सदस्य रामचन्द्र वर्तौला, मनहरी गा।वि।स। सहयाक ठाकुर कुमार वर्तौला, प्रेस चौतारी मकवानपुर अध्यक्ष शिव कुमार काशी, ६ नं। वडा नागरिक मञ्च संयोजक भिमसेन खड्का, लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा शसक्त किशोर सम्वाद केन्द्र मनहरीका सम्वाद सहयोग समिति संयोजक गोपीराम मुक्तानले सम्वादले किशोर किशोरीको सशक्तिकरण भै समुदायमा सकारात्मक कार्यहरु गर्न थालेको र विद्यालय छोडेर वसेकाहरु पनि विद्यालय जान थालेको वताउदै शैक्षिक सामग्री सहयोगले थप हौसला प्रदान गर्ने वताउदैे विद्यार्थीहरुलाई यसको उचित सदुपयोग गर्न आग्रह गरेका थिए । प्रेस चौतारी अध्यक्ष काशीले संघ संस्थाले गरेको कार्यमा नागरिक समाजको विविध आरोपका विच सामुदायिक विकास केन्द्र नेपालले पारदर्शी ढंगवाट काम गरेको र त्यसको साक्षी मनहरीका नागरिकहरु भएको वताए । कार्यक्रमका अतिथी तथा सहभागीहरुलाई धन्यवाद व्यक्त गर्ने क्रममा कूल १ लाख १५ हजार रुपैया वरावरको शैक्षिक सामग्री वितरण गरिएको सम्वाद परियोजना अधिकृत कमल कुमार विश्वकर्माले जानकारी दिए । कार्यक्रममा सम्वाद सहयोग समिति संयोजक तथा सदस्यहरु र एनिमेटरको सहभागिता रहेको थियो । विपन्न समुदायका विद्यार्थीहरुले शैक्षिक सामग्री पाए पछि खुसी भएका थिए ।

0 comments

Write Down Your Responses