Powered by Blogger.
मकवानपुरका स्थानिय रुटमा सञ्चालित यातायात पूर्ण रुपमा ठप्प ,हजारौँ यात्रु मार्कामा


हेटौडा,२ भाद्र / नेपाल सरकारले काभ्रेको विर्ता देउरालीमा भएको सवारी दुर्घटनाको बिषयलाई लिएर देशभरि अनुमती नपाएको रुटहरुमा सबारी नचलाउने निर्णय गरे अनुरुप नारायणी यातायात ब्यावसायि संघ मकवानपुरले आपत्ति जनाएको छ । आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै काभ्रेमा भएको दुखत घट्नालाई आधार बनाई आपत,विपत् परेको वेलामा धैर्यसमेत नलिकन नेपाल सरकारले आवशेममा निर्णय गरि २०३२ साल देखि अहिले सम्म निर्माणाधिन अवस्थामा रहेका सडकहरुको विभिन्न समयमा स्तरोन्नति र बाटो इजाजतपत्रको निमित्त जिल्ला यातायात व्यवस्थापन समिति मार्फत सिफारिस गरिएकोलाई आजसम्म सम्बन्धित पक्षले वेवास्ता गरि कार्यान्वय नगर्नु गैरजिम्मेवारी पूर्ण रहेको संघले जनाएको छ । 
 सरकारले जनतालाई बाटो—घाटो,पानी पधँेरो,औषधीपचार,गाँसवास कपास शिक्षा स्वस्था जस्ता अत्यावश्यकीय सेवा पु¥याउनु पर्ने कर्तव्यलाई विर्सेर कुने एक ठाँउको घट्नालाई आधार बनाई व्यवसायीहरुले गरेको लगानी माथि खेलवाड गर्नु र नागरिकले उपयोग गरिरहेको  सुविधालाई हचुवा प्रकारले वन्द गर्नु न्यायोचित नभएको भन्दै आपत्ती जनाएका छन  । व्यवसायी संघले तत्कालका लागि अस्थायी इजाजत दिएर भएपनि सवारी सञ्चालन गरिनुपर्ने माग गरेकोछ ।
जिल्ला प्रसासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरले सरकारको निर्णय भन्दै बाटो इजाजत नभएको सडकमा यात्रुवाहक सवारी सञ्चालनमा आजै देखि रोग लगाएको छ ।  जिल्लामा विगत ४० वर्ष देखि सञ्चालित यातायात सेवामा रोक लगायतको प्रति नारायणी यातायात ब्यावसायी संघ मकवानपुरले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
 आजैबाट मकवानपुरको ग्रामीण भेगमा १८ वटा रुटमा चलिरहेको दैनिक १ सय ८ वटा सार्वजनिक यातायातहरु प्रशासनले बन्द गरेकोछ ।
जस अन्तर्गत मकवानपुरका पुर्बी गाउँ छतिवन राईगाउ, हेटौडा देखि पालुङ डाडाँवास पकनी हुदै डाडाखर्क,आग्रा गोगने,डाडाखर्क र थाहा नगरपालिका र हेटौडा देखि पालुङ चिसापानी हुँदै देउखेल,चल्ती र नौखण्डे महाँकाल हुदै डाँडीघाट लगायतको सडक खण्ड बन्द संघले जनाएको छ । 
  यो संगै मकवानपुरमा ४० बर्ष देखि चल्दै आएको ग्रामीण भेगका सम्पुर्ण स्थानका सबारिहरु बन्द भएका छ्न । यसरी सम्पूर्ण सडकखण्ड बन्द गर्दा चाडपर्वको बेला लाखौं यात्रुहरु मर्कामा पर्ने नारायणी यातायात व्यावसायि संघका महासचिव सरोज खनालले बताउनु भयो ।  यसका निम्ति सरकार विरुद्ध आफुहरु आन्दोलन गर्ने बताएका छन । हाल मकवानपुरका दुई राजमार्ग त्रिभुवन राजपथ र महेन्द्र राजमार्ग मात्र संचालित छ्न ।



0 comments

Write Down Your Responses