Powered by Blogger.
प्रहरी प्रसासनकै मिलेमतोमा हेटौडामा यौन धन्दा


हेटौडा,२ भाद्र / हेटौडा बसपार्कको दायाँ–बायाँ खाजा घर, रेस्टुरेन्ट , होटल लजका बोर्ड प्रशस्तै भेटिन्छन् । वढ्दै गरेको शहरीकरण सँगै दर्जनौ होटल रेस्टुरेन्ट छन् यस क्षेत्रमा । रेस्टुरेन्ट तथा खाजा घरको ब्यानरमा सञ्चालित यस्ता होटलमा यौन व्यवसाय हुने गरेको स्थानियहरु आरोप छ । मूल सडकको आसपास विभिन्न होटेल सेवा सहित यौन धन्दा सञ्चालन गरिरहेको बताइन्छ ।
रिर्सचको क्रममा सञ्चारकर्मीहरुको टोलि एक होटलमा पुग्दा होटल मालिक टेलिभिजन हेरिरहेकी थिइन । होटल काउन्टरको ¥याकमा केही फ्रुटी र वियर र चाउचाउका प्याकेट थिए । सगै टेवलमा चाउमिन र मःम वनाउने तयारी हुदै थियो ।
मध्यान्ह सुरु भए सगै वाहिर गर्मि भएर सुनसान भए पनि होटलमा अलि अलि चहल पहल बढ्दै थियो । होटलमा मोटरसाइकल या गाडीमा युवती राखेर पुग्नेहरू त सामान्य भइहाल्यो । होटलमा कार्यरत स्टाफहरूका अनुसार यस्ता रेस्टुरेन्टहरूले महँगो शुल्क लिएर युवतीहरू लजहरुमा सप्लाई गर्ने गरेका छन् ।‘केटीहरू हाम्रो सम्पर्कमा हुन्छन, ग्राहक हेरेर १२ सय देखि लिएर ५ हजारसम्मको शुल्क लिएर हामी बोलाइदिन्छौं’ बसपार्क स्थित एक रेस्टुरेन्टमा लामो समयदेखि काम गर्दै आएका एक युवाले भने, ‘हामी ग्राहकसँग पैसा लिएर काउन्टरमा राखिदिन्छौं, काम सकिएपछि केटीलाई दिन्छौं । उनका अनुसार ४ तले भवनको करीव १० वटा कोठा दिउसो यौन धन्दाकै लागी प्रयोग हुन्छन् ।
होटलको मुख्य कोठाहरू तेश्रो तल्लामा छन् । तत्लो तलामा वसेर बसेर खाजा खाएपछि ग्राहकहरू कोठामा जान्छन्न तेश्रो तल्ला । होटलका कामदार भन्छन् ‘कोठामा एक घण्टा बसेको छुट्टै ५ सय देखि हजार सम्म तिर्नुपर्छ । ‘युवती नराखी यहाँका कुनै होटल चल्न नकस्ने पनि ति युवाको दावि थियो । उनि भन्दै थिए ‘चिकेन चिल्ली र पिज्जा खान मात्र त यहाँ कोही आउँदैन सबै होटलको धन्दा एउटै हो ।’उनका अनुसार बसपार्क क्षेत्रमा एक होटले ५ जना भन्दा बढी युवतीहरू राखेर होटल सञ्चालन गरेका छन् । मैले काम गरेको होटलमा पाँच जना छन’, उनले भने, ‘तीन चार युवतीहरू सबै होटलमा हुन्छन् ।’ हरेक होटलहरूले पचास जना भन्दा धेरै सेक्स वर्करहरूको नाम र फोन नम्बर डायरीमा टिपेर राखेका हुन्छन् । ‘ग्राहकले इच्छा गरेपछि उनीहरूलाई त्यहा आउन भनिन्छ’ उनले भने ।
कुरै कुरामा उनले भने युवती राखेर होटल चलाएबापत उनीहरूले प्रहरीलाई महिनावारी पैसा बुझाउने गरेका छन् । ‘गुण्डा, प्रहरी र स्थानीयलाई नमिलाईकन यस्तो काम गर्न सकिँदैन’, उनले भने, ‘गुण्डालाई महिनाको २० हजार प्रहरीलाई महिनाको २० हजार बुझाउनुपर्छ ।’ उनका अनुसार घुमुवा प्रहरीहरूले त्यसरी पैसा लिएर होटल एरिया हेर्ने देखि माथिल्लो तह सम्म कुरा मिलाउँछन् ।‘ नयाँ एसपी, डीएसपी आउँदा अलि टाइट हुन्छ’, उनले भने, ‘सिभिलमा आउने प्रहरीहरूले छापा मार्न आउन लागेको कुरा जानकारी गराउँछन् ।
 यसरी कानुनीरुपमा यौन धन्दा बर्जित हुँदा हुदै पनि प्रहरी प्रसासनकोे मिलोमतोमा यौन धन्दा सञ्चालन भइरहदाँ नेपाली समाजले विकासको कुन बाटो लिदैछ त ? यो सबैको चासोको विषय बनेको छ ।

0 comments

Write Down Your Responses