Powered by Blogger.
सुरज थिङले गुम्बामा जन्म दिन मनाए

आग्रा,३ भाद्र / मकवानपुरको आग्रा ६ चौबासका सुरज थिङले आफ्नो जन्मदिन गुम्बामा मनाएका छन । त्यस क्षेत्रमा  पहिलो पटक आफ्नो धर्म र परम्परालाई अगाँल्दै थिङले गुम्बामा जन्मदिन मनाएका हुन । आफ्नो जातको ईतिहासलाई बुझि आफ्नो भाषा, धर्म, लिपि र सस्कृतिलाई जोगाउन प्रयास स्वरुप थिङले गुम्बामा जन्म दिन मनाएको बताउनु भयो । मकवानपुर आग्रा गविस वडा न ५ स्थित रहेको मेदोग छ्योईलिङ बौद्ध गुम्बामा एक कार्यक्रमको आयोजना समेत गरेका थिए ।

0 comments

Write Down Your Responses