Powered by Blogger.
ख्रीष्टियान महासंघको महाधिवेशन काठमाण्डौँमा यही भदौ २२ र २३ गते

हेटौडा,४ भाद्र /  राष्ट्रिय ख्रीष्टियान महासंघ नेपाल आफ्नो तेस्रो महाधिवेशनका लागि तयारीमा जुटेको छ । ख्रीष्टियान महासंघ नेपालले यसै साता ललितपुरमा एक पत्रकार सम्मेलनको आयोजना गरि यही भाद्र २२ र २३ गते राजधानीको वेथ शालोम पुतलीसडक चर्चमा आयोजना हुन लागेको महाधिवेशनको तयारीका वारेमा जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा महासंघका महासचिव सि।वि।गहतराजले आसन्न महाधिवेशनका वारेमा जानकारी गराउनु भएको थियो । महासंघको अवको नयाँ पदाधीकारीहरुमा को को आउँछन भन्ने पत्रकारले सोधेको प्रश्नमा उहाँले अबको नयाँ कार्य समितिमा नयाँ अनुहारहरु आउन सक्ने संभावना रहेको जानकारी गराउनु भएको थियो ।

महासचिव गहतराजले यही प्रंसगमा आफू कुनै पनि हालतमा महासचिव पदमा नरहने जानकारी समेत गराउनु भएको थियो । उहाँले यस अवसरमा महासंघले आफूलाई एक महिनाको दुई लाख तलव दिए पनि अवको महाधिवेशनमा आफू महासचिव पदमा नआउने संकेत गर्नुभएको हो । उहाँले तर नेपाली इसाईहरुको हक, हित र पक्षमा आफ्नो शरिरमा श्वास रहुन्जेल लागि रहने प्रतिवद्ध जनाउनु भएको छ ।
महासंघले आसन्न माहाधिवेशन सफल पार्नको निम्ति देशका ७५ जिल्लाबाट प्रतिनिधि र प्रर्यवेक्षकलाई समेत पत्राचार गरिसकेको जनाएको छ । श्रोतका अनुसार आसन्न महाधिवेशन सफल पार्नको लागि महासंघले तयारी तिव्र वनाएको छ ।
महाधिवेशन सम्पन्न गराउनको लागि सदस्य सचिव पा। पदमनाथ पराजुलीज्यूको संयोजकत्वमा महाधिवेशन तयारी समिति गठन गरिएको छ । साथै विभिन्न १५ वटा विभागहरु र कार्यविभाजन गरी सबै पदाधिकारीहरुलाई जिम्मेवारी प्रदान गरिएको छ ।

0 comments

Write Down Your Responses