Powered by Blogger.
मकवानपुरको समग्र विकासमा सहयोग गर्नेःरञ्जित रे

हेटौडा,७ भाद्र / मकवानपुरकै समग्र विकासमा भारतले सहयोग गर्न तयार रहेको भारतीय राजदुत रञ्जित रेले बताउनु भएको छ । मकवानपुर उद्योग वाणिज्य संघ पश्चिमी क्षेत्र समितिको संयोजकत्वमा भएको स्वागत कार्यक्रमको सम्वोधन गर्दै राजदुत रेले नेपाल र भारतले संयुक्त रुपमा विकासका कार्य अघि बढाएमा दुबै देशलाई फाईदा पुग्ने बताउनु भएको छ ।
मनहरी बजार नजिकै रहेको चेपांङ बस्तीको समेत अवलोकन गर्नु भएका रेले चेपाङ समुदायको शिक्षा, रोजगारमा सघाउ पुर्याउने राजदुत रेले बतनाउनु भयो ।
कार्यक्रममा बोल्दै महावाणिज्य दुतावासकी महावाणिज्यदुत अञ्जु रञ्जनले चेपांग समुदायका लागि सीपमूलक शिक्षामा भारतले नेपाल सरकारसँग समन्वय गरी अघि बढ्ने बताएकी छिन् । महावाणिज्यदुत रञ्जनले आगामी जनवरी २६ तारीखमा मनहरी क्षेत्रको लागि एउटा एम्बुलेन्स सहगोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् । कार्यक्रममा बोल्दै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले भारत र नेपाल एक असल छिमेकी भएकोले एउटा छिमेकीले अर्को छिमेकीको समग्र विकासमा हातेमालो गर्नुपर्ने बताउनु भयो । अध्यक्ष न्यौपानेले कार्यक्रममा नेपाली ढाकाको टोपी राजदुत रेलाई लगाई दिनु भएको थियो ।
 स्वागत कार्यक्रममा बोल्दै मउवासंघ, पश्चिमी क्षेत्र समितिका सभापति गोविन्द रिजालले मनहरीमा स्वास्थ्य, शिक्षामा भारतले नेपाल सरकारसँग समन्वय गरी सहयोगी भूमिका निभाउन सक्ने बताउनु भएको छ । यसै गरी नेपाल चेपांङ संघ मकवानपुरका अध्यक्ष खेम चेपांङले १२ गाविसमा छरिएर बसेका चेपाङ समुदायको जीवनस्तर निकै दयनिय रहेकोले त्यस तर्फ सबैले सोच्नुपर्ने धारण व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा पत्रकार प्रताप विष्टले चेपाङग समुदायको उत्थानमा राज्यले नै प्रमुख भूमिका खेल्नु पर्ने बताउनु भएका छ । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघ कार्य समितिका सदस्य, स्थानीय राजनीतिक दल, स्थानीय वासिन्दा, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

0 comments

Write Down Your Responses