Powered by Blogger.
भन्सार छलिको कपडा बरामद

हेटौडा,७ भाद्र / मकवानपुर प्रहरिले आज मंगलवार ठुलो परिमाणमा भन्सार छलिको कपडा बरामद गरेको छ । ईलाका प्रहरि कार्यालय पशुपतिनगर र जिल्ला प्रहरि कार्यालयको टोलिले हेटौडा उप–महानगरपालिका ५ स्थित गुम्बा चोकबाट १८ हजार ७ सय ५० मुल्य बराबरको कपडा बरामद गरेको हो । भन्सार छलिको कपडासहित हेटौडा उप–महानगपालिका १५ निवासि मन्जु पाख्रिनलाई पक्राउ गरिएको जिल्ला प्रहरि कार्यालय मकवानपुरका प्रहरि नायव उपरिक्षक बामदेव गौतमले जानकारि दिनुभयो । कपडा सहित पक्राउ परेका पाख्रिनलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान बिभाग मध्यमाञ्चल क्षेत्रिय कार्यालय पथलैयामा बुझाईएको गौतमले जानकारि दिनुभयो ।
यसैविच जिल्ला अदालत मकवानपुरले डाकाको मुद्धामा पक्राउ परेका नेकपा माओवादी विप्लव समुहका मकवानपुर प्रमुख बिरबहादुर घलान ‘ज्वाला’ सहित ६ जनालाई सफाई दिएको छ । अतिरिक्त जिल्ला न्यायधिस दयाराम ढकालको एकल इजलाशले ज्वाला सहित अन्य ६ जनालाई सफाइ दिएको हो । २०७२ मंसीर २६ गते ना ४ ख ६९७४ नंबरको यात्रुबाहक बसमा डाका गरेको आरोपमा ज्वालासहित ६ जनलाई मकवानपुर प्रहरिले पक्राउ गरेको थियो ।

0 comments

Write Down Your Responses