Powered by Blogger.
थाहा नगरमा युवा र महिलाको अधिवेशन सम्पन्न, युवा संघमा पुनः केसी


पालुङ, ६ भदौ ।  नेकपा (एमाले)का केन्द्रीय सदस्य एव्म अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष जयन्ती राईले राजनीतिक अस्थिरता र संक्रमणकालका कारण महिलहरुले उठाउँदै आएका मुद्दाहरु कमजोर बनेको बताएकी छन् ।

उत्तरी मकवानपुरको पालुङमा नेकपा (एमाले) थाहानगर कमिटिले आयोजना गरेको अखिल नेपाल महिला संघ र युवा संघ नेपाल थाहानगरको प्रथम सम्मेलनलाई संवोधन गर्दै राईले महिलाहरुले उठाउँदै आएका लैङगिक हिंसा सहितका बिभिन्न मुद्दाहरु देशमा भएको राजनीतिक अस्तिरताका कारण कम्जोर बनेको बताएकी हुन् । महिलालाई अधिकार सम्पन्न बनाउने बिषयहरु अहिले सम्म पनि अघि बढ्न नसकेको भन्दै मुलुकका उच्च निकायमा महिलाको नेतृत्व रहेपनि महिलाका मुद्दालाई कार्यान्वयन गर्ने अवस्था नभएको बताइन् ।

उनले भनिन्–‘देशका तिन ठुला नेतृत्वमा महिला रहेपनि गाउँमा महिलमाथि दमन भइरहेको छ ।’ मुलक संक्रमणकालबाट पूर्णरुपमा मुक्त नभएसम्म महिलाले हिंसाको शिकार बनिरहनुपर्ने उनले सुझाइन् । गाउँमा घरेलु हिंसा र लैङ्गिक बिभेदको शिकार महिला बनिरहँदा न्यायिक क्षेत्रबाट कुनै काम अघि बढ्न नसक्नु दुखद भएको उनले बताइन् । 

बिभिन्न बहानामा हेपिएका महिलाहरुका मुद्दा संबिधानमा समेटिएको भन्दै उनले अबको संबिधानबाट महिलाका धेरै मुद्दाले कार्यान्वयन हुने बताइन् । महिलालाई सुरक्षा दिने र अग्रभागसम्म पु¥याउनका लागि एमालेमात्र मुलुकको राजनीतिक शक्ती भएको भन्दैं अन्य दलले महिलालाई अवसरबाट बञ्चित गर्ने गरेको आरोप लगाइन् । 
संबिधान सभा सदस्य समेत रहेकी राईले पछिल्लो घटनाक्रमले मुलुकमा संबिधान कार्यान्वयन नहुने संकेत देखा परेको दाबी गरीन् । 

एमाले संबिधान कार्यान्वयनको पक्षमा रहेको भन्दै सरकार निर्माणका लागि गरिएको संबिधान संसोधनका कुरा अमान्य रहेको बताइन् । कार्यक्रममा अनेरास्ववियुका पुर्वअध्यक्ष एव्म एमाले नेतृ रामकुमारी झाँक्रीले मुलुकमा बन्ने भनेको ठुला आयोजना बाहिरी मुलुकको जिम्मा लगाउने बहानामा सरकारले राष्ट्रिय स्वाभिमान माथि खेल्न खोजेको आरोप लगाइन् ।

उनले मधेसी दललाई गरेको अस्वभाविक सम्झौताको बिरोधमा सबै नेपाली एक हुनुपर्नेमा जोड दिइन् । एमाले थाहानगरका अध्यक्ष अच्युतम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले मकवानपुरका अध्यक्ष मुनु सिग्देल, अनेमसंघका केन्द्रीय सचिब बिष्णु ओझा, युवा संघ नेपालका केन्द्रीय सचिब नरेश शाही लगाएतले मन्तव्य राखेका थिए । 

कार्यक्रममा एमाले २ नम्मर क्षेत्रका इन्चार्ज विष्णु ढकाल, थाहा नगर इन्चार्ज रामचन्द्र बल, जिल्ला कमिटी सदस्य अनिल बानिया, ईश्वर ढुङ्गाना लगायतको उपस्थिति थियो । कार्यक्रममा जनकलाकार बद्री पंगेनीले विभिन्न साँस्कृतिक प्रश्तुति दिएका थिए ।

युवा संघमा पुनः केसी

यसैबीच युवा संघ नेपाल थाहानगरको पहिलो सम्मेलनबाट बिक्रम केसी अध्यक्षमा सर्बसम्मत भएका छन् । सोमबार भएको नगर सम्मेलनले केसीको अध्यक्षतामा २९ सदस्यीय कमिटि सर्वसम्मत निर्वाचित गरेको हो । कमिटिको उपाध्यक्ष प्रबिण श्रेष्ठ, सचिब प्रदिप भट्ट, सहसचिब रमन श्रेष्ठ र कोषाध्यक्षमा इन्साफ केसी निर्वाचित भएका छन् ।





0 comments

Write Down Your Responses