Powered by Blogger.
श्रीमान र श्रीमतीबिच सम्बन्ध बिच्छेद गर्ने क्रम मकवानपुरमा वढ्यो

हेटौडा,७ भाद्र / मकवानपुरमा श्रीमान र श्रीमतीबिच सम्बन्ध बिच्छेद गर्ने क्रम बढेर गएको छ । आव २०७२÷०७३ मा जिल्ला अदालत मकवानपुरमा २ सय २४ जनाले सम्बन्ध बिच्छेदका लागि मुद्धा दर्ता गराएका छन् । यो संख्या अघिल्लो आर्थिक बर्षभन्दा बढी हो । सामान्य कुरामापनि श्रीमान र श्रीमतीबचि कुरा नमिल्दा अदालतसम्म आएर सम्बन्ध टुट्ने गरेको पाइएको छ । मकवानपुर अदालतमा सम्बन्ध बिच्चेदका लागि परेका २ सय २४ वटा मुद्धा मध्यमा एक सय ७५ वटा मुद्धाको फैसला भएको छ । ४९ वटा मुद्धाको फैसला हुन बाँकी रहेको छ । बाँकी मुद्धा चालु आर्थिक बर्षका लागि जिम्मेवारी सरेर आएको जिल्ला अदालत मकवानपुरले जनाएको छ । आव ०७१÷७२ मा भने जिल्ला अदालत मकवानपुरमा सम्बन्ध बिच्छेदका लागि एक सय ८९ जनाले मात्र मुद्धा दर्ता गरेका थिए । दर्ता गरिएका मध्ये एक सय ५७ वटा मुद्धाको फैसला भएको थियो । बाँकी ३२ मुद्धाको आव ०७२÷७३ मा फैसला भएको थियो । सम्बन्ध बिच्छेदका लागि निवेदन दर्ता गर्नेमध्ये भर्खरका किशोरी देखि नातिनातिनि भईसकेका बृद्धा समेत रहेका छन् । अदालतमा आएका अधिकांशको श्रीमान बैदेशिक रोजगारीमा गएको र पछी घरफर्किए पछी सम्बन्ध राम्रो हुन नसकेको, रोजगारीका लागि बिदेश गएपछी श्रीमतिलाई शहरमा कोठा लिएर राख्दा, प्रेमबिवाह भएका कारण, सामाजिक सञ्जाल दुरुपयोगका कारण बढीजसो सम्बन्ध बिग्रिएर अदालतसम्म पुगेको पाईएको छ । छोरा छोरी नभएका महिला, किशोरी पनि सम्बन्ध बिच्छेद गर्न आएका छन् । सन्तान भएका महिलाको सम्बन्ध बिच्छेद हुँदा साना छोराछोरीहरुको बिचल्ली हुने गरेको पाइएको  छ । 

0 comments

Write Down Your Responses