Powered by Blogger.
एकीकृत बिपद् जोखिम व्यबस्थापन सम्बन्धि ३ दिने तालिम किरान्चोकमा सकियो

बिक्रम अधिकारी
किरान्चोक, ७ भाद्र । एकीकृत बिपद जोखिम न्यूनीकरण तथा व्यबस्थापन सम्बन्धि ३ दिने तालिम धादिङको किरान्चोकमा सम्पन्न भएको छ । प्रकृतिक प्रकोप तथा विपद् पश्चात जोखिममा परेकाहरुलाई कसरी उद्दार तथा विपद् जोखिम व्यबस्थापन गर्ने भन्ने उद्देश्यले आयोजना गरिएको जनाएको छ ।
तालीममा विपद् व्यबस्थापन तथा जोखिम न्यूनीकरण सम्बन्धि स्थानीय लाई सु—सुचित गराउनुको साथै संङ्कटसन्नता क्षमता स्तरिकरण र स्थानीय विपद् व्यबस्थापन समिति र भावी योजनाको विषयमा सहभागीहरुलाइ प्रस्ट्याइएको थियो ।
फोकस नेपाल धादिङको आयोजना र सेभ द चिल्ड्रेनको सहयोगमा सम्पन्न भएको तालिममा वडा नागरिक मञ्चका संयोजक, शिक्षक, बुद्धिजीवी, महिला लगाएत सरोकारवालाहरु गरि जना सहभागिको रहेको उक्त तालिमको सहजीकरण सेभ द चिल्ड्रेनका कार्यक्रम अधिकृत ऋतु खड्का, महिला तथा बालबालिका कार्यालय धादिङका सहायक महिला बिकास निरीक्षक सानू माया भन्डारी, फोकस नेपालका डिडिआर कार्यक्रम अधिकृत सुजन गौली र फोकस नेपाल कि डिडिआर कार्यक्रम सामाजिक परिचालिका आशा श्रेष्ठले गर्नु भएको थियो । तालिम निकै प्रभावकारी र फलदायी भएको भन्दै सहभागीले खुसी व्यक्त गरेका थिए ।

0 comments

Write Down Your Responses